५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा

अ+ अ-

मोरङ । माटोको सामग्री बनाउने कुम्हाले समुदायको पुर्ख्यौली पेशा संकटमा परेको छ । प्लास्टिकका भाँडा निर्माण भएपछि माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेशा संकटमा परेको हो ।

बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाल, लगायतका सामग्रीले माटाका भाँडाको व्यापार खाइदिएको विगत ३० वर्षदेखि माटोका भाँडा बनाउँदै आएका विराटनगरका सत्यनारायण पण्डितको भनाइ छ ।

पण्डितका अनुसार करिब २० वर्षपहिले माटोका भाँडा बनाएर एक परिवारले वर्षमा ५ लाख देखि ६ लाख कमाई हुने गरेको थियो । तर अहिले अरू बेला बिक्री नै हुँदैन, भइहाल्यो भने चाडपर्वको याममा एक परिवारले ५०/६० हजारसम्म माटोको सामग्री बेचेर आम्दानी हुन्छ । उनले भने, ‘आम्दानी नभएपछि वर्षभरि परिवार पाल्न साहुमहाजनसंग लिएको ऋण तिरेर छाक टार्ने जोहो गर्छौं ।’

अर्का रामसुफल पण्डितले आफुहरुको पुर्ख्यौली पेशा परम्परागत संस्कारले मात्रै धानेको बताए । ‘माटोको सामग्रीको व्यावसायीकरण नभएकाले आफुहरुको पेशा परम्परागत मान्यताले मात्रै थामेको छ,’ उनले भने, ‘अहिलेको महँगो व्यवस्थामा माटोका सामग्री बनाउनेदेखि आगोमा पोलेर तयार पार्दासम्म माटो, दाउरा, रंग लगायतको सामग्री चर्को मूल्यमा खरिद गर्नुपर्छ ।’ आफुहरुको पेशा व्यवसायीकरणका लागि सरकारी निकायका साथै गैरसरकारी संघसंस्थाको ध्यान पुग्न नसकेको उनको गुनासो छ ।

आफुहरुको जातीय पेशा व्यवसायीकरण नहुँदा युवापुस्ता अन्य पेशा व्यवसायका साथै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पलायन हुन बाध्य भएको उनको भनाइ थियो ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार कुम्हाले जातिका महिला ३० हजार ४१६ र पुरुष ३१ हजार ९८३ गरी कूल ६२ हजार ३९९ जनसंख्या छ । उनीहरु तराई मधेशका जिल्लामा छरिएर बसोबास गर्दै आएका छन् । कुमालेले माटोका कलश, कोहा, ढकन, घैला, दियो बनाउने गर्छन् । रासस

प्रतिक्रिया दिनुहोस