२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तटस्थ र निष्पक्ष ढंगबाट कार्यसम्पादन गर्न प्रहरी बललाई निर्देशन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्।

गृहमन्त्री थापाले हलचोकस्थित सशस्त्र प्रहरीबल प्रधान कार्यालयको आज निरीक्षणपछि निर्देशन दिने क्रममा सबैले आफ्नो तहगत संरचनाबमोजिमको जिम्मेवारीलाई अक्षरशः पूरा गर्नुपर्ने बताउँदै प्रहरी बललाई आवश्यक पर्ने स्रोतसाधनको उपलब्धताका लागि मन्त्रालयको प्रतिबद्धता जनाए ।

उनले देश र जनताको हितमा समर्पित रहँदै उत्कृष्ट कार्य गरी आफूलाई नमूनाका रुपमा प्रस्तुत गर्न बललाई आग्रह गरे ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले प्रहरी बलबाट भएगरेका कामकारबाही तथा संगठनले हासिल गरेका उपलब्धिबारे जानकारी दिँदै आफ्नो संगठनलाई भरपर्दो केन्द्रीय सुरक्षा निकायका रुपमा अगाडि बढाई हरपल चलायमान फौजका रुपमा विकास गर्न लागिपरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस