काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति उत्तरदायी हुने बताएका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारकोसम्पूर्ण प्रयास देश विकास र समृद्धिका लागि हुने बताए । सरकारले कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभुत गर्नेगरी नै काम गर्ने ओलीले बताए ।
ओलीले नेपालीले भोकै मर्न पर्ने अवस्थाको अन्त्य हुने बताउँदै केही बर्षभित्र नेपाल अल्पविकशित देशको सूचीबाट विकसित देशमा पुग्ने दाबी गरे । ओलीले सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने बताए । हरेक तहका व्यक्तिले आफुभन्दा तल्लो तहका व्यक्तिको नजरमा गिर्ने काम नगरे भ्रष्टाचार आफ अन्त्य हुने उनेका दावी छ ।
ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गरेका छन् । ‘मेडिकल कलेज सञ्चालनमा गुणस्तरियता आवश्यक छ’, ओलीले भने, ‘चिकित्सकको क्षमताको गुणस्तरीयता र भौतिक गुणस्तरियता दुवै आवश्यक छ ।’