४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी लिन दुई घण्टा पैदल

अ+ अ-

काठमाडौ‌ । पूर्वी पाल्पाका पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाको डाँडा बस्तीमा खानेपानीको अभाव भएको छ। मुहान सुक्न थालेपछि यहाँका स्थानीय बासिन्दा खानेपानीका लागि दुई घण्टासम्म पैदल हिँडेर पानी बोक्न बाध्य छन्।

पूर्वखोला गाउँपालिका–१ की डिलकुमारी परियारले जमलिया पँधेराबाट पानी लिएर घर पुग्दा दुई घण्टा वित्ने गरेको बताइन्। यहाँका स्थानीयले डोकोमा पानी बोकेर दैनिक ल्याउनुपर्ने बाध्यताले हैरान छन्। उकालोमा दैनिक दुई तीन गाग्री पानी बोकेर टार्नुपर्ने अवस्था छ।

सरकारले घरघरमा खानेपानीको धारा जडान गर्ने नीति ल्याए पनि दलित बस्तीमा खानेपानीको समस्यामा कमी आएको छैन। सार्वजनिक धारा, कुवा संरक्षण गर्न छाडेर सरकारले प्रत्येक घरमा खानेपानीका धारा जडान गर्ने काम प्रभावकारी हुन नसक्दा दलित समुदाय सबैभन्दा बढी समस्या भोग्न बाध्य छन्।

ुउकालोमा पानी बोक्दा समस्या हुन्छ, तर पनि पानी बोक्नुको विकल्प छैन,ु डिलकुमारी परियारले दुःखेसो गरिन्। खानेपानी समस्याका कारण दैनिक दुई तीन घण्टा पैदल हिँडेर पानी बोक्नुपर्ने समस्या निस्दी गाउँपालिका–५, गल्धामा पनि छ।

तानसेन– रामपुर सडकको स्तरवृद्धि गर्दा खानेपानीको मुहान धसिएपछि खोलामा नै जानुपर्ने समस्या आएको स्थानीयले बताएका छन्।

गरिबीका कारण समेत खेतीयोग्य जमिनमा पहुँच नहुँदा डाँडाबस्तीमा बस्न बाध्य दलित समुदायको खानेपानीदेखि सबै क्षेत्रमा अझै पहुँच पुग्न सकेको छैन। रासस

प्रतिक्रिया दिनुहोस