४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अव्यवस्थित सडक निर्माणले दुर्घटना बढे

अ+ अ-

रोल्पा । रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिसमेत हुँदै आएको छ ।

ग्रामीण सडकका रुपमा रहेका जिल्लाका भित्री सडक साँघुरा र अव्यवस्थित हुँदा दुर्घटना बढिरहेको बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७२/०७३ मा भएका २० वटा सवारी दुर्घटनामा सातजनाको मृत्यु, १२ जना घाइते र २२ जना समान्य घाइते भएका थिए ।

यसैगरी, आव ०७३/७४ मा भएका ३६ वटा सवारी दुर्घटनामा पाँचको मृत्यु, २७ जना घाइते र २७ जना सामान्य घाइते भएका थिए । चालू आवको फागुन १५ गतेसम्म भएका आठवटा सवारी दुर्घटनामा तीनजनाको मृत्यु, दुईजना घाइते र १० जना सामान्य घाइते भएका थिए ।

भित्री सडकमा ट्र्याक्टर दुर्घटनाको संख्या बढिरहेको देखिएको छ । ट्र्याक्टर दुर्घटनामा केही दिन अगाडि रोल्पाको ह्वामाका एक स्कूले विद्यार्थीको मृत्यु भएको थियो । बिहेको जन्ती बोकेको सो ट्र्याक्टर दुर्घटना हुँदा स्कूले बालकको मृत्यु हुनुका साथै जन्तीसमेत घाइते भएका थिए । यसैगरी, पूर्वी रोल्पाको सिर्पमा गत हप्ता भएको ट्र्याक्टर दुर्घटनामा समेत दुईजनाको ज्यान गएको थियो ।

विद्यालय कक्षा सञ्चालन, चालकसँग एक मिनेट कार्यक्रम, चालकको व्यवहारबारे यात्रुसँग छलफलजस्ता कार्यक्रम सञ्चालन गरी दूर्घटना न्यूनीकरणको प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका प्रहरी जवान दिवाकर ओलीले जानकारी दिए ।

जिल्लाका कालोपत्रे भएका मुख्य सडकमा दुर्घटनाको दर निकै कम रहेपनि भित्री र कच्ची सडकमा बढी मात्रामा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस