४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रौतहटमा बञ्चरो प्रहारबाट एकको हत्या

अ+ अ-

रौतहट । जिल्लाको उत्तरीभेगको कटहरिया नगरपालिकामा गएराति टाउकोमा बञ्चरो प्रहार गरेर एकजनाको हत्या गरिएको छ ।

कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुनियाको टाउकोमा बञ्चरो प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

हत्याको अभियोगमा स्थानीय जितु् महतो नुनियाका छोरा ३५ वर्षीय वीरेन्द्र महतो नुनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाका अनुसार मृतकको टाउको र ढाडमा चोट देखिएकाले पछाडिबाट बञ्चरो प्रहार भएको देखिन्छ ।

मात्र ५० मिटरको दूरीमा घर रहेका मृतक शिवमंगल महतो सोमबार राति करिब १२ बजे अभियुक्तको घरमा प्रवेश गरेका थिए । घरमा बाहिरिया मानिस प्रवेश गरेको चाल पाएर वीरेन्द्र महतोले पछाडिबाट शिवमंगल महतोको टाउकोमा बञ्चरो प्रहार गर्दा महतोको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, कटहरियाबाट गएको टोलीले अभियुक्त वीरेन्द्र महतोलाई नियन्त्रणमा लिएर शव परीक्षणका लागि जिल्ला अस्पताल, गौर पठाएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले घटनाको ठोस कारण खुल्न नसके पनि पुरानो रिसइबीका कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

उता स्थानीयले भने अनैतिक कार्य गर्ने उद्देश्यले शिवमंगल महतो छिमेकी जितु महतोको घरमा मध्यरातमा पसेको हुनसक्ने आँकलन गरेका छन् । घटनास्थल सदरमुकाम गौरबाट ३५ किलोमिटर उत्तरमा पर्दछ । रासस

प्रतिक्रिया दिनुहोस