४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

अ+ अ-

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री राउतले आज मुख्यमन्त्री निवासमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा प्रदेश नं २ मा सुशासन कायम गर्नका लागि उक्त प्रतिबद्धता जारी गरेका हुन् ।

उक्त प्रतिबद्धता पत्रमा प्रदेशभित्र पूर्ण रुपमा सुशासन कायम गरिने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने, नीतिगत रुपमा गरिने भ्रष्टाचार स्वीकार्य नहुने, प्रदेशको दैनिक प्रशासनमा ढिलासुस्ती सहन गर्न नसकिने, प्रदेशका सेवाग्राही जनतालाई सरकारी कर्मचारीले २४ घण्टाभित्र काम पूरा गर्नुपर्ने, सेवाग्राहीको हितलाई ध्यानमा राखेर प्रदेश मुख्यमन्त्रीको कार्यालय मातहत हेल्लो प्रदेश सरकारको स्थापना गरिने त्यसका लागि निःशुल्क टेलिफोन सेवापछि सार्वजनिक गरिने र प्रदेशको कर्मचारीले राष्ट्रसेवक कर्मचारी भनेको जनताको सेवक हो भन्ने सन्देश जनतामा प्रवाहित गर्ने कुरा उल्लेख गरिएको छ ।

प्रतिबद्धता पत्रमा इमेल अmउचयखष्लअभद्द२नmबष्।िअयm लगायत अन्य विद्युतीय माध्यमबाट समेत जनताले आफ्ना गुनासा सिधै मुख्यमन्त्री कार्यालयमा टिपाउन सक्ने र इमेलबाट प्राप्त जनताका गुनासा उपर कार्वाही भए नभएको जानकारी उजुरीकर्तालाई दिइने, ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद हुने खालका कार्यक्रमका लागि सञ्चारमाध्यम प्रयोग गरी सञ्चालन गरिने बताइएको छ ।

त्यसैगरी प्रदेशका विभिन्न ठाउँ जस्तै गाउँपालिका, नगरपालिका, वडा तथा टोललगायत विभिन्न ठाउँमा मुख्यमन्त्री जनताको घरदैलोमा गई प्रदेश सरकारप्रति रहेका गुनासा सुन्ने र उक्त गुनासाको सम्बोधन गर्ने प्रयास गरिने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ ।

प्रदेशका जनतालाई दैनिक उपभोग्य वस्तु र सेवामा हुने कालाबजारी वा महँगी नियन्त्रणका लागि प्रभावकारी रुपमा बजार भाउको अनुगमन गरिने, अवैध रुपमा भइरहेको मदिरा बेचबिखन तथा सेवनलाई आवश्यक नीति बनाई नियन्त्रित गरिने र वन्य जन्तु तस्करी, प्राकृतिक स्रोत साधन दोहन तथा वन फँडानी कार्यलाई तत्कालन रोकिने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ ।

मुख्यमन्त्री राउतले प्रदेशको विकासका लागि पाँच ‘स’ का साथ अगाडि बढ्ने बताएका छन् । उनले सुशासन, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइलाई विशेष प्राथमिकतामा राखेर प्रदेशको विकासको खाका कोर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस