४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अढाइ वर्षदेखि कामकाजविहीन नगर विकास

अ+ अ-

भीमदत्तनगर । सरकारकै ढिलासुस्ती र बेवास्ताका कारण कञ्चनपुरको महेन्द्रनगर नगरविकास समिति विगत अढाइ वर्षदेखि कामकाज विहीन बनेको छ ।

समितिसँग रहेको जग्गा लिज, बिक्री वितरणलगायतका विषयमा अनियमितता भएको भन्दै २०७२ साल भदौ १४ गतेको मन्त्रिपरिषद्को निर्णयले महेन्द्रनगर नगरविकास समितिको कामकाज छानबिनका लागि भन्दै रोकेको थियो । नगरविकास समितिको कामकाज रोकेर उच्चस्तरीय छानबिन समिति गठन गरी छानबिनसमेत गरिएको भए पनि समितिको प्रतिवेदनका आधारमा शहरी विकास मन्त्रालयले कुनै निर्णय लिएको छैन ।

‘प्रशासनिक कामबाहेक जग्गा लिज, आर्थिक प्रभाव कारोबार दरगामी प्रभाव पार्ने काम रोक्ने भनेर मन्त्रिपरिषद्बाटै निर्णय भएको थियो ।’ महेन्द्रनगर नगरविकास समितिका सूचना अधिकृत पुष्पराज भट्टले भने ‘अढाइ वर्ष भयो, न छानबिनको प्रतिवेदन आयो न त समितिको कामकाज नै सुचारु भयो ।’

‘नगर विकास समितिले गर्ने सडक ग्राभेल, कल्भट, ढल निकासलगायतका विकासका काम ठप्प भए ।’ सूचना अधिकृत भट्टले भने– छविगतमा समिति नेतृत्वले गरेको कामलाई अहिलेको नेतृत्वलाई अपजस दिने काम भयो ।’

दोस्रो पटक नगरविकास समितिको अध्यक्ष रहनुभएका सुरेन्द्र विष्ट कामकाज सुचारु गर्ने विषयमा पटक–पटक मन्त्रालय धाइरहेका छन् तर काम सुचारु हुने सम्भावना देखिएको छैन ।

गत वर्ष फागुनमा दोस्रो पटक महेन्द्रनगर नगरविकास समितिको अध्यक्ष नियुक्त भएका सुरेन्द्र विष्ट भने नगरविकास समितिको कामकाज सुचारुबारे सर्वोच्चबाट निर्णय भइसक्दा पनि कर्मचारीको असहयोगका कारण शुरु नभएको बताउछन् ।

‘२०७२ सालमा समितिको काम मन्त्रालयले रोकेर उच्चस्तरीय छानबिन समितिले नै मैले नेतत्व गरेको समितिले कुनै अप्रिय निर्णय नगरेको भन्दै समितिलाई काम गर्ने समयावधि थप गर्न सुझाव दियो ।’ समितिका अध्यक्ष विष्टले भने, ‘मन्त्रिपरिषद्ले नरेन्द्र भण्डारीलाई अध्यक्ष बनाएको केही दिनमै मलाई सर्वोच्चले कामकाज गर्न दिनु भनी आदेश दिँदासमेत कामकाज शुरु हुन सकेन ।’

मन्त्रालयमा कामकाज सुचारु गरिदिन आग्रह गर्दा मन्त्रालयले सर्वोच्चकै फैसला भइसकेकाले कामकाज गर्न भनिरहँदा कर्मचारी भने मन्त्रालयको पत्र नआउँदासम्म गर्न नमिल्ने बताइरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस