काठमाडौं । सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपलाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।
कान्तिपुर दैनिकविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाई गर्दै आइतबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिक सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र पत्रकार कृष्ण ज्ञवालीलाई ३ दिन भित्र बयानका लागि आफै उपस्थित हुन आदेश दिएको हो।
कान्तिपुरले आचारसंहिता पालना गरे नगरेको छानविन गर्न प्रेस काउन्सिलका नाममा पनि अन्तरिम आदेश जारी गरिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीका जन्ममितिबारे भ्रामक समाचार लेखेको भन्दै कान्तिपुरविरुद्ध तोयानाथ ढुंगानाले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।