४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै प्रदेशमा नमूना बहुप्राविधिक शिक्षालय

अ+ अ-

भक्तपुर । शिक्षा सचिव मधुप्रसाद रेग्मीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिीटिइभिटी)ले सीपयुक्त जनशक्ति निर्माणका लागि क्षमता विकास र रोजगारीलाई जोड दिनुपर्ने बताएका छन् ।

सिटिइभीटीको ३० औं वार्षिकोत्सवमा उनले श्रम बजारमा सहजै बिक्न सक्ने र पूँजी निर्माणमा सहयोग गर्न सक्ने जनशक्ति उत्पादन गरी देशलाई समृद्घ बनाउन सिटिइभिटीको महत्वपूर्ण भूमिका रहनुपर्ने बताए । ‘अब सिटिइभिटीले आवश्यकता पहिचान र म्यापिङ गरेर स्थानीय स्रोत, साधन र प्रविधि परिचालनमा जोड दिनुपर्छ,’ उनले भने ।

कार्यक्रममा प्रा. डा. सुरेशराज शर्माले युवालाई सीप दक्षताको डिग्री दिइनुपर्नेमा जोड दिए । सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले सात वटै प्रदेशमा अधिकारसम्पन्न प्रादेशिक कार्यालय स्थापना गरी कम्तीमा एउटा नमूना प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी भएको बताए । उनले भने, ‘अब सात प्रदेशमा सात वटा मोडेल पोलिटेक्निक बनाउने नीति बजेटमा रहेको छ, सातै प्रदेशमा नयाँ संस्था बनाउनेभन्दा पनि भएकालाई छनोट गरी सुधार गरिनेछ, सीप दिनका लागि योजना निर्माणसहित शिक्षा मन्त्रालय, योजना आयोग र अर्थलगायत अरु मन्त्रालयसँग सिटिइभिटीको नेतृत्वले लबिङ शुरु गरिसकेको छ ।’

उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका क्षेत्रमा कलम चलाउने केन्द्रका एक पत्रकार र सात प्रदेशबाट एक एक गरी आठ जनालाई वार्षिक रुपमा पुरस्कृत गरिने घोषणा गरे ।

त्यस अवसरमा प्रशासन महाशाखा प्रमुख रमेश बखती, फोरम फर हेल्थ एण्ड साइन्सका अध्यक्ष कश्यप पौडेल, कर्मचारी संघका अध्यक्ष देवदत्त बडूलगायतले प्राविधिक शिक्षाको एउटै मूलद्वार हुनु आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा उत्कृष्ट कर्मचारी, विद्यार्थी र सेवानिवृत्त कर्मचारीलाई पुरस्कार तथा सम्मान दिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस