४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र माग

अ+ अ-

म्याग्दी । धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ ।

वडा समितिको आजको बैठकले जिल्ला र गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातिको सघन बसोवास वतथा प्राकृतिक स्रोत एवं साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भएबमोजिम स्वायत्त क्षेत्र घोषणा गर्न माग गर्ने निर्णय गरेको वडाध्यक्ष झकबहादुर छन्त्याल बताए ।

छन्त्यालको अध्यक्षतामा बसेको बैठकले आवश्यक मापदण्ड पूरा हुने भएकाले गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन गाउँपालिका, जिल्ला समन्वय समिति, प्रदेशसभा, प्रदेश सरकार, प्रतिनिधिसभा हुँदै संघीय सरकारलाई अनुरोध गरेको छ ।

‘‘उच्च हिमाली काखमा रहेको गुर्जामा अल्पसंख्यक छन्त्याल जातिको बसोबास रहेको छ, छुट्टै वेशभूषा, भाषा, संस्कृति र परम्परा रहेको सो क्षेत्रलाई स्वायत्त तथा संरक्षित क्षेत्रका लागि आवश्यक मापदण्ड पुगेकाले सम्बन्धित निकायमा माग गरेका हौँ,’ वडाध्यक्ष छन्त्यालले भने ।

जिल्ला सदरमुकाम बेनीदेखि २६ कोश टाढाको गुर्जा गाउँपालिकाको केन्द्र मुनाको घट्टेखोलादेखि एक दिनको पैदलदूरीमा अवस्थित छ । वरिपरि हिमाल, घनाजंगल र अग्ला पहाडका बीचमा अवस्थित गुर्जामा भौगोलिक विकटताका कारण राज्यको सेवा सुविधा र पहुँच सहज तवरले अझै पुग्न सकेको छैन ।

प्राकृतिक स्रोत र साधनले परिपूर्ण गुर्जामा धौलागिरि हिमशृंखलाअन्तर्गत पर्ने गुर्जामा गुर्जा पश्चिम, चुरेन र पुथा हिमाल तथा मुलुककै एक मात्र आरक्ष ढोरपाटन शिकार आरक्षसमेत समेटिएको छ । म्याग्दीको ‘एक गाउँ एक वडा’ का रुपमा चिनिएको गुर्जा बागलुङ, रुकुम र डोल्पासँग सिमाना जोडिएको छ । रासस

प्रतिक्रिया दिनुहोस