४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घाइतेको उपचार सरकारी अस्पतालमा गर्ने निर्णय कार्यान्वयन भएन

अ+ अ-

चितवन । स्थानीय प्रशासनले जिल्लामा हुने दुर्घटनाका घाइतेको पहिलो उपचार यहाँको सरकारी अस्पतालमा गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन हुन सकेको छैन ।

जिल्लामा सरकारी अस्पताल भरतपुर अस्पताल रहेको छ भने अन्य दुई मेडिकल कलेज र साना ठूला अस्पताल रहेका छन् । यातायात व्यवसायी, एम्बुलेन्स चालक र यहाँका मेडिकल कलेज एवं अस्पतालको स्वार्थ मिलेका कारण घाइतेलाई सरकारी अस्पताल नलगिएको देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले तीन महिनाअघि नै स्थानीय सुरक्षा समितिले बैठकमा निर्णय गरी पत्राचार गरिएको बताए । घाइतेको पहिलो उपचार सरकारी अस्पतालमा गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । त्यसलगत्तै भरतपुर अस्पताल विकास समितिले यातायात व्यवसायी, प्रशासन, प्रहरीलगायत सरोकारवालाको बैठक राखी पहिलो उपचार सरकारी अस्पतालमा गर्न आग्रह गरेको थियो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले अस्पतालमा घाइतेको उपचारका लागि सबै सुविधा रहेकाले पहिलो उपचार अस्पतालबाट थाल्न आग्रह गरिएको भए पनि कार्यान्वयन हुन नसकेको बताए । उनले यहाँ उपचार हुन नसक्ने घाइतेलाई बाहिर लग्न सकिने भए पनि पहिलो उपचार गन्तव्य भरतपुर अस्पताल बनाउनुपर्ने बताए ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीले अस्पतालको आकस्मिक कक्षमा नियमित अर्थोपेडिक सर्जनको व्यवस्था गरिएको, सिटी स्क्यान सञ्चालनमा आएका र न्यूरो कक्षको व्यवस्थापन गरी डाक्टर रहेको भए पनि दुर्घटनाका घाइतेलाई अस्पताल नल्याइएको बताए ।

निजीमा भन्दा निकै सस्तोमा सरकारी अस्पतालमा उपचार हुने उनले बताए । यहाँका मेडिकल कलेज र अस्पतालमा दुर्घटनाका घाइतेलाई गरिने उपचार सरकारी अस्पतालमा हुने उनको भनाइ छ । अस्पतालमा सघन उपचार कक्षसँगै अत्याधुनिक शल्यक्रिया कक्ष र अर्थोपेडिक चिकित्सक समूह रहेकाले जस्तोसुकै दुर्घटनाका घाइते पनि उपचार गर्न सकिने उनले बताए ।

यातायात व्यवसायीले उपचारपछि खर्च भएभन्दा बढीको बिल दिएर छुट मागेको तर अस्पतालले त्यसरी बिल दिन नसक्ने जनाएपछि व्यवसायीले घाइतेलाई नल्याएको मरासिनीको भनाइ छ ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्षसमेत रहनुभएका यातायात व्यवसायी रामप्रसाद सुवेदीले घाइते र उनका आफन्तले मेडिकल कलेज र निजी अस्पतालमा नै जान चाहेपछि कार्यान्वयन गराउन नसकिएको बताए । मेडिकल कलेजमा एउटै घाइतेको उपचारमा रु ३० लाखसम्म खर्च भएको भए पनि सरकारी अस्पतालमा छ गुणा सस्तो उपचार हुने भएर पनि कार्यान्वयन गराउन नसकिएको उनको भनाइ छ ।

लागत रकमभन्दा बढीको बिल माग्नुपर्ने बाध्यता रहेको स्वीकार्दै उनले बीमाले तीन लाखसम्म भुक्तान गर्ने भए पनि बाँकी भुक्तानी यातायात व्यवसायी र सवारीसाधन धनीले तिर्नुपर्ने बताए । यहाँका निजी मेडिकल कलेज र अस्पतालले एम्बुलेन्स चालक र यातायात व्यवसायीलाई प्रभावमा पारेका कारण स्थानीय प्रशासनको निर्णय कार्यान्वयन हुन नसकेको बताइन्छ ।

जिल्लामा दुर्घटना भई सामान्य घाइते भएर अस्पताल लैजानु पर्ने घटना दैनिक १० वटाको हाराहारी हुने गर्छ भने गतवर्षभरिमा ठूला २५८ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बताए । देशकै मध्यभागमा रहेको भरतपुरमा पूर्व–पश्चिम लोकमार्गका विभिन्न जिल्ला र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई अस्पताल ल्याउने गरिन्छ । रासस

प्रतिक्रिया दिनुहोस