काठमाडौं । विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालीन कार्यकारी प्रमुख सुवास निरौलासहित तीन जनालाई दोषी ठहर गरेको छ ।
विहिबार विषेश अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीशहरु द्वारिकामान जोशी र नारायण कुमार पोखरेलको इजलासले निरौलासहितलाई भ्रष्टाचारी ठहर गर्दै कैद र जरिवाना सुनाएको छ।
विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार बिगो सहित जरिवाना पनि तोकेको छ ।
त्यसैगरी तत्कालीन लेखा प्रमुख अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाएको छ भने वर्ल्ड वाइड ट्राभल एजेन्सीका सञ्चालक महेन्द्र खनाल पनि दोषी ठहर गरेका छन् ।
दासलार्इ ५० लाख २९ हजार बिगो र २४ लाख ३७ हजार जरिवाना तोकिएको छ भने खनाललार्इ भने १ लाख ५४ बिगो ठहर गरेको छ ।
यो प्रकरणमा मुछिएका अवकास प्राप्त पयर्टन सचिव सुशील घिमिरे र तत्कालीन वन सचिव शरदचन्द्र पौडेलसहित २० जनाले सफाइ पाएका छन् ।