२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लव नेतृत्वको माओवादीद्वारा प्रहरीमाथि ढुंगामुडा, देशभरबाट दर्जनौ कार्यकर्ता पक्राउ

अ+ अ-

काठमाडौं । बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको माओवादीले प्रहरी टोलीमाथि ढुंगामुडा भएको छ।

सशस्त्र प्रहरीको बा १ ग १८१३ नं.को ट्रकलाई कोशी राजमार्गमा विप्लव माओवादीका कार्यकर्ताले ढुङ्गा प्रहार गर्दा अगाडीको सिफा फुटेको छ ।

प्रहरीले उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मजदुर महासंको कोशी ब्युरो संयोजक ३० वर्षीय हरिचन्द्र खड्का र सेक्रेटरी ६१ वर्षीय सुरेश राई रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी दाङको तुलसीपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर–१९ निवासी पार्टीका जिल्ला सदस्य वासुदेव चौधरी, सोही ठाउँ निवासी विद्यार्थी संगठनका प्रकाश गिरी र तुलसीपुर–५ निवासी प्रेम परियार रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

परियारले बन्दको अवज्ञा गरेको भन्दै बसपार्कमा मोटरसाइकल पल्टाइदिएको र चौधरी तथा गिरीले ग्वारखोलामा सवारीचालकमाथि हातपात गरेको आरोप लागेको छ ।

पक्राउ परेका तीनैजनालाई आदेशअनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

त्यसैगरी रूपन्देहीको कञ्चन गाँउपालिका ५ पिपरिचापास्थित भित्री सडकमा एउटा रोकिराखेको बसमा माओवादी कार्यकर्ताले ढुंगा प्रहार गरेका छन्।

ना ४ ख ६८८० नं. को बसमा २/३ जना अपरिचित व्यक्तिहरूले ढुङ्गा हानी भागेको इलाका प्रहरी कार्यालय रूद्रपरले जनाएको छ।

ढुंगा प्रहारबाट उक्त बसको ड्राईभर साईडको शिशा फुटेको छ। अन्य मानवीय क्षति केही नभएको प्रहरीले जनाएको छ।

बन्द गराउँदै हिँडेको आरोमा दुइ दर्जन माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंका विभिन्न स्थानबाट ४ जना, मोरङबाट २ जना, सुनसरीबाट ६ जना, चितवनबाट २ जना, डोल्पाबाट १ जना र कपिलबस्तुबाट ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस