डा.केसी द्वारा सर्वोच्चको तारेख अस्वीकार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डा.केसी द्वारा सर्वोच्चको तारेख अस्वीकार


प्रशासन विशेष ब्युरो

८ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । डा. गोविन्द केसीले अदालतको अवहेलना मुद्दामा तारेख बोक्न अस्वीकार गरेका छन् ।

मंगलबार अवहेलना मुद्दाको तारिख तोकिएकोमा उक्त मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रत्यक्ष स्वार्थ गाँसिएको र उनको निर्देशनमा १० दिनभित्र सुनुवाई गर्नै पर्ने गरी पेशी तारेख थोपर्न खोजेको भन्दै अस्विकार गरेको डा.केसीले बताएका छन् ।

मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निज प्रधानन्यायाधीश पदमा बहाल रहँदासम्म उक्त मुद्दामा निश्पक्ष न्याय सम्पादन हुन नसक्ने भएको हुँदा निजको निर्देशन बमोजिम थोपर्न खोजिएको पेशी तारेख हामीलाई स्वीकार्य छैन ।’

केसीले पराजुलीको नागरिकता रद्द गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस