२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीयता सफल पार्न कर्मचारी र पत्रकारको अहम् भूमिका

अ+ अ-

पोखरा । प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीले संघीयताको सफल कार्यान्वयनमा राष्ट्रसेवक कर्मचारी र संचारकर्मीको अहम् भूमिका रहने बताएका छन् ।

संघीय संसद् सचिवालयको आयोजना तथा संसद् सहयोग परियोजना (युएनडिपी) को सहकार्यमा आयोजित प्रदेशसभाका कर्मचारी तथा संचारकर्मीका लागि सभा सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उनले संघीयता नवीनतम् भएको हुँदा कार्यान्वयन चुनौतिपूर्ण रहेको बताए ।

सभामुख अधिकारीले सरकारले गरेका राम्रा कामलाई उजागर गरी जनता सामु पु¥याउन पत्रकारलाई आग्रह गर्दै संघीयताको सफल कार्यान्वयन गरी प्रदेश नं ४ लाई नमूना र समृद्ध प्रदेशका रुपमा विकास गर्न सकिने उल्लेख गरे । उनले भने–“अबको आन्दोलन समृद्धिको लागि गरिनु पर्दछ,” ।

त्यसैगरी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संसदीय रिपोर्टिङ यस क्षेत्रका पत्रकारका लागि नयाँ अभ्यास भएको बताउँदै मर्यादित पत्रकारिताका लागि अभिमुखीकरण आवश्यक रहेको धारणा राखे ।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले विविध व्यवस्थापन र संसदीय प्रक्रियामा संचार जगतको भूमिका, सांसद सुविधा व्यवस्था र प्रदेशसभा सचिवालय र संसदीय प्रक्रियाबारे आधारभूत जानकारी, प्रदेशसभा सचिवालयका उपसचिव गोपाल सिग्देलले प्रश्न व्यवस्थापन, युएनडिपीका संसदीय बाह्रय पहुँच टीम लिडर दिलादत्त पन्तले कर्मचारी र मिडिया, प्रदेशसभा सचिवालयका कम्प्युटर अधिकृत अनन्त कोइरालाले संसदीय समिति विषयमा सहजीकरण गरेका थिए ।

एकदिने उक्त अभिमुखीकरण कार्यक्रममा प्रदेशसभा सचिवालयका कर्मचारी र संसदीय रिपोर्टिङमा चासो राख्ने पत्रकार गरी कूल ५० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस