प्रदेश ७ मा मन्त्रिपरिषद् गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश ७ मा मन्त्रिपरिषद् गठन


प्रशासन विशेष ब्युरो

५ फाल्गुन २०७४, शनिबार


कैलाली । प्रदेश नंं ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले आज सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले पद तथा गोपनियताको शपथ गराएका छन् ।

प्रदेश मन्त्रिपरिषद्मा प्रकाश शाह-मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय, दीर्घबहादुर सोडारी-मन्त्री, सामाजिक बिकास, पठानसिं बोहरा-मन्त्री, भौतिक पूर्वाधार विकास, झपट बोहरा-मन्त्री, आर्थिक तथा योजना, माया भट्ट-मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण र विनिता चौधरी-मन्त्री, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस