काठमाडौं । पूर्व डीआईजी एवम् एमाले सांसद् नवराज सिलवालले अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले उन्मुक्ति पाएको बताएका छन् ।
प्रहरीको फरार अभियुक्तको सूचीमा राखिएका सिलवालले लामो समयपछि ट्वीट मार्फत सो कुरा बताएका हुन् ।
निर्वतमान प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिमा अन्याय गरेको भन्दै अदालत पुगेका सिलवालले देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिए लगत्तै यस्तो ट्विट गरेका हुन् ।
आईजीपी प्रकरणमा कीर्ते आरोपमा प्रहरीको अनुसन्धानमा रहेका सिलवालले ट्विटमा लेखेका छन्, ‘कानुनको धज्जी उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ।’
कानूनको धज्जि उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादि पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको छ।
— Nawa Raj Silwal (@Nawasilwal) February 15, 2018