२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रादेशिक राजधानीको माग गर्दै प्राध्यापकहरु पनि धर्नामा

अ+ अ-

डोटी । प्रदेश नम्बर ७ को राजधानी डोटी हुनुपर्ने माग गर्दै लामो समयदेखि जारी आन्दोलनमा समर्थन जनाउदै त्रिभुवन विश्व विद्यालय डोटी बहुमुखी क्याम्पस डोटीका प्राध्यापकहरु पनि मंगलबार जिल्ला प्रशासन कार्यालय अघाडी धर्नामा बसेका छन् ।

बन्द आम हडतालका कार्यक्रम सहित पुस १२ गते देखि सुरु भएको आन्दोलनको विभिन्न स्वरुप परिवर्तन हुँदै अहिले क्षेत्रीय प्रशासन र जिल्ला प्रशासन कार्यालय अघाडी नियमित धर्नाका कार्यक्रमहरु चलिरहेका छन् । सोही अन्र्तगत आज डोटी बहुमुखि क्याम्पसका प्राध्यापकहरु पनि धर्नामा सहभागि भएका हुन् ।

माघ २४ गते भएको राष्ट्रिय सभाको निर्वाचनलाइ मध्यनजर गर्दै आन्दोलनको स्वरुप परिवर्तन भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरि रचनात्मक दबाब दिने भन्दै अहिले दिनहुँ धर्ना कार्यक्रमहरु चलिरहेका छन् । स्थानीय नागरिकहरु सरकारलाई दिपायल राजधानी तोक्न भन्दै दिनहुँ स्वस्फुर्त रुपमा जिल्ला प्रसासन र क्षेत्रीय प्रशासन अगाडि धर्ना दिइरहेका छन् ।

सरकारले प्रदेश ७ को अस्थायी मुकाम धनगढी तोकेपछि आन्दोलित भएका स्थानीयले डोटीबाट निर्वाचित प्रदेश सभा, प्रतिनिधी सभा सदस्य र प्रधानमन्त्रीको समेत पुत्ला दहन गरेका थिए । आन्दोलन सुरु भएको आज ४९ औ दिन हो ।

माघ २४ गते डोटीमा भएको प्रदेश नम्बर ७ को राष्ट्रिय सभाको निर्वाचन र माघ २८ देखि फागुन ९ सम्म दिपायलमा सुरु भएको ७ नम्बर प्रदेशको प्रादेशिक महोत्सवका कारणले आन्दोलनको स्वरुप परिवर्तन गरि नियमित दवाब मुलक धर्ना कार्यक्रमहरु संचालन भएको भएपनी फागुन ९ पछी आन्दोलनको स्वरुप परिवर्तन हुन सकिने डोटी उद्योग वाणिज्य संघका अध्यक्ष एवं संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस