२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा जग्गा एकीकरणको माध्यमबाट पुनःनिर्माण गरिने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपत्यकाका घनाबस्तीमा वहुस्वामित्वका वहुतले घर बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने योजना अघि सारेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको नेतृत्वमा आज बसेको प्राधिकरण, काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रतिनिधिसहितको बैठकले भूकम्पपछि उपत्यकामा क्षतिग्रस्त घर पुनःनिर्माण हुन नसकेको अवस्थालाई ध्यानमा राखेर जग्गा एकीकरण (हाउस पुलिङ) प्रणालीका माध्यमबाट बस्ती विकास गर्ने निर्णय गरेको हो ।

भूकम्पले उपत्यकामा एक लाखभन्दा बढी घर भत्किएका थिए । हालसम्म २० प्रतिशत पुनःनिर्माण मात्र शुरु भएको छ । थोरै जग्गामा घर बनेका कारण ८० प्रतिशत घरको पुनःनिर्माण शुरु भएको छैन । संयुक्त आवास सम्बन्धमा के गर्न सकिन्छ भन्नेबारे दुवै महानगरपालिकाका प्रमुखसहितको बैठकले जग्गा एकीकरण प्रणालीमा जाने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत भुसालले वताए ।

“बैठकले यससम्बन्धमा अध्ययन गर्न प्राधिकरणका सहसचिव राजुमान मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ, कार्यदललाई उपत्यकाको घना बस्तीमा संयुक्त आवास प्रणालीको अवधारणालाई कसरी विकास गर्न सकिन्छ भन्नेबारे अध्ययन गरी १५ दिनभित्रमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ”– उनले भने ।

दुवै महानगरपालिका र शहरी विकास मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदललाई परामर्शदाताका रुपमा शहरी विकास तथा भवन विभागका पूर्वमहानिर्देशक सूर्यभक्त सांगाछेले सहयोग गर्नेछन्।

कार्यदलले उपत्यकाभित्र जग्गा एकीकरणको माध्यमबाट कुन कुन ठाउँमा नमूना बस्ती बसाल्न सकिन्छ भन्नेबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने प्रमुख कार्यकारी अधिकृत भुसालले जानकारी दिए ।

बैठकमा उपत्यकामा जग्गा एकीकरण प्रणालीको विकास सम्बन्धमा परामर्शदाताका रुपमा आमन्त्रण गरिएका विभागका पूर्वमहानिर्देशक सांगाछेँले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस