२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सलहेसः द पिपुल्स हिरो’ का लागि कलाकार खोजिँदै (अडिसन आवेदनसहित)

अ+ अ-

काठमाडौँ । १५ सय वर्ष पुरानो ऐतिहासिक कथामाथि बनाइन लागेको ‘सलहेसः द पिपुल्स हिरो’ ले सबै चरित्रका लागि अडिसनबाट कलाकार छान्ने भएको छ ।

मिथिलाका राजा सलहेसको गाथामाथि निर्माण हुने भनिएको उक्त फिल्मका लागि सोमबारदेखि कलाकारको अडिसन आह्वान गरिएको छ ।

राजा सलहेस, मन्दोदरी, भैरव भूपाल, मोतीराम, वृधेश्वर, करिकन्हा, राजा सैनी, रेश्मा, हिनपतलगायत ३० ऐतिहासिक मुख्य पात्रहरूसहित दर्जनौं सहायक पात्रका लागि आवश्यक सबै कलाकार अडिसनमार्फत छनोट गरिने फिल्मका निर्देशक अमितेश शाहले जानकारी दिए । ‘यो फिल्म ऐतिहासिक कथामाथि बन्ने भएकाले हामीले चरित्र सुहाउँदा कलाकार मात्र छनोट गर्छौं । चलेकै कलाकार राख्दा पनि क्यारेक्टरअनुसार अडिसन गराएरै राख्छौं,’ उनले भने ।

भोर कम्पनीको ब्यानरमा राजकुमार महतोद्धारा निर्माण गरिन लागेको फिल्मका लागि विराटनगर, जनकपुरधाम, नेपालगन्ज, काठमाडौंसहित भारतका दरभंगा, पटना, मुम्बई, दिल्ली र कोलकाता, बंगलादेशको ढाका र चीनको बेइजिङसम्म अडिसनका लागि पुगिने निर्देशक शाहले बताए ।

फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछि प्रादुर्भाव भएका महत्त्वपूर्ण व्यक्तित्व मानिन्छन् । उनलाई तराईको दुसाध समुदायले अहिले पनि भगवान्का रूपमा पूजा गर्छ । ‘लामो समयको रिसर्चपछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्मातासमेत रहेका रिसर्चर राजकुमारमहतोले भने ।

अनुमानित पाँच करोड रुपैयाँ अनुमानित बजेट राखिएको यस फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, चितवन र भारतका स्थानहरूमा हुनेछ ।

फिल्म निर्माणको घोषणा एक वर्षअघि नै भए पनि स्क्रिप्ट र रिसर्चमा समय लाग्दा फिल्म फ्लोरमा जान ढिलो भएको बताउँदै निर्देशक शाहले थपे, ‘अब काम द्रुत गतिमा हुन्छ । कलाकार छनोट हुनेबित्तिकै वर्कसप गर्छौं । त्यसपछि सुटिङमा जानेछौं ।’

फिल्ममा कथा डा. राजेन्द्र विमल, संवाद महेन्द्र मलंगिया, पटकथा निर्देशक शाहकै र भीएफएक्स अनुपम शाहको रहनेछ । सुनील–प्रवेशको संगीत तथा डा. विमल, अशोक दत्त र ईश्वर दाहालका गीत रहनेछन् ।

अडिसन आवेदनका लागि यो लिंकमा क्लिक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस