४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरका तीन ठाउँमा ट्राफिक बत्ती राखिने

अ+ अ-

ललितपुर । जिल्लामा तीन ठाउँमा ट्राफिक बत्ती राख्न लागिएको छ ।

यसअघि कुनै पनि ठाउँमा ट्राफिक बत्ती नभएकोमा ललितपुर जिल्लामा पहिलो पटक राख्न लागिएको महानगरीय ट्राफिक प्रहरी ललितपुरका प्रमुख (प्रहरी निरीक्षक) सीताराम हाछेथुले बताए । जावलाखेलको अल्का अस्पताल अगाडि, पुल्चोकको मन्त्री क्वार्टर अगाडि र कुपण्डोलमा कानदेवतास्थानमा ट्राफिक बत्ती राख्न लागिएको हो ।

ललितपुर महानगरपालिकासँगको सहकार्यमा बत्ती जडान हुन लागेको हो । यी स्थानमा ट्राफिक बत्तीको पहिलेदेखि नै आवश्यकता रहेको उनी बताउछन् । उनी भन्छन्, ‘यसले गर्दा ट्राफिक र चालक दुवैलाई सजिलो हुनेछ ।’

तीन ठाउँमा ट्राफिक बत्ती हुँदा थापाथलीको दैनिक हुने जाम कम हुनाका साथै दुर्घटना कम हुनेछ । सडकमा बत्ती हुँदा ट्राफिक प्रहरीको जनशक्ति कम भए पुग्नेछ । उनले भने, ‘अहिले चारजनासम्म बस्ने गरेको यी चोकमा अब एक जना ट्राफिकले व्यवस्थापन गर्न सक्छन् ।’ यसअघि जुनसुकै समयमा र तीव्र गतिमा चलाइरहेकामा चालकहरुले अब भने बत्ती हेरेर गति सीमित गर्नुपर्नेछ ।

ट्राफिक प्रहरीलाई भन्दा ट्राफिक बत्तीलाई चालकले सजिलै र टाढाबाट नै देख्ने उनले बताए । ट्राफिक बत्ती जडान भएपछि सडक अनुशासन कायम भई दुर्घटना कम हुन सहयोग पुग्ने विश्वास गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस