पाटनकी जीवित देवीमा निहिरा बज्राचार्य चयन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाटनकी जीवित देवीमा निहिरा बज्राचार्य चयन


प्रशासन विशेष ब्युरो

२२ माघ २०७४, सोमबार


काठमाडौं । ललितपुरकी ५ वर्षीया निहिरा बज्राचार्यलाई नयाँ कुमारी छानिएकी छिन् ।

ललितपुरको हखाबहालस्थित रत्नाकर महाबिहारमा सोमबार छनोट टोलीले शास्त्र, ज्योतिष र भौतिक शरिरको आधारमा बज्राचार्यलाई नयाँ कुमारी छनौट गरिको हो ।

पाँच जना बालिका मध्ये अन्तिम छनौटमा परेका सोहना र निहिराबीच भएको प्रतिस्पर्धाबाट निहिरा नयाँ कुमारीको रुपमा छानिएकी थिइन् ।

१० वर्षे युनिका बज्राचार्यको ठाउँमा विधिपूर्वक पुजापछि निहिरालाई कुमारीका रुपमा प्रतिस्थापन गरिने छ ।

प्रतिक्रिया दिनुहोस