काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले कसैको चरित्र हत्या गर्नका लागि विशृंखल र निकृष्ट शब्दको चयन गरेर स्थापित भएकाहरु पनि छिट्टै विस्थापित हुने वताएका छन् ।
प्रा. डा. युवराज संग्रौलाद्वारा प्रकाशित पुस्तक ‘क्रिमिनल जस्टिस सिस्टम’को सार्वजनिक गर्दै पराजुलीले सो कुरा वताएका हुन् ।
प्रधानन्यायाधीश पराजुलीले न्यायको मूल्य र मान्यता जगाउनका लागि आफूले हरदम प्रयास गरिरहेको बताउँदै कसैलाई दोष लगाउनुभन्दा पहिला दशी, प्रमाण र आधार खोज्नुपर्छ, बिना प्रमाणका आधारमा आरोप लगाउनु उपयुक्त नहुने समेत वताए ।
अधिवक्ता डा. भीमार्जुन आयार्यले अहिले नेपालको न्यायायलयमाथि जुन प्रकारले आक्रमण गरिएको छ, यसले कसैलाई जितको अनुभूति नदिने धारणा राखे ।
काठमाडौँ स्कुल अफ ल का कार्यकारी निर्देशकसमेत रहेका पूर्वमहान्यायाधिवक्ता प्रा. डा. संग्रौलाद्वारा प्रकाशित उक्त पुस्तक नेपालमा फौजदारी न्यायमा देखिएका समस्या र त्यसको समाधानमा केन्द्रित छ ।