भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेल्दै गरेका छ जनालाई आज पक्राउ गरेको छ ।
प्रहरीले चाँगुनारायण नगरपालिका –६ स्थित सानुभाइ श्रेष्ठका घरमा जुवा खेल्दै गरेको अवस्थामा छापा मारी पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए । प्रहरीले जुवाखालबाट ताससँगै रु दुई लाख ९७ हजार ५२० सहित उनीहरुलाई नियन्त्रणमा कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ । रासस