२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरूको पद बहाली

अ+ अ-

पोखरा । प्रदेश सरकार (प्रदेश नं ४) का प्रमुख सचिव लक्ष्मण अर्यालले आज पद बहाली गरेका छन् ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच अर्यालले पद बहाली गरेका हुन् ।

पद बहाली कार्यक्रममा पोखरास्थित विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारीका साथै सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रदेश नं ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (प्रशासन तथा बैठक शाखा हेर्ने) का सचिव लालमणि ओझा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेलले पनि आजै पद बहाली गरे ।

पद बहाली कार्यक्रममा प्रमुख सचिव अर्यालले संविधानको कार्यान्वयन र संघीयताको व्यवस्थापन गर्नु अहिलेको आवश्यकता भएको बताउँदै उक्त जिम्मेवारीलाई पूरा गर्न लगिने प्रतिवद्धता व्यक्त गरे ।

प्रमुख सचिव अर्यालका अनुसार प्रदेश नं ४ मा मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय एउटै भवनमा रहने छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास डिभिजन कार्यालयको भवनमा राख्न लागिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वन कार्यालयको नवनिर्मित भवनमा राखिनेभएको छ ।

त्यस्तै, सामाजिक विकास मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राख्ने तयारी गरिएको छ भने भूमि, कृषि तथा सहकारी मन्त्रालय सहकारी डिभिजन कार्यालयमा राख्ने गरी तयारी गरिएको छ ।

अन्य मन्त्रालयका सचिव आउने क्रममा रहेको प्रमुख सचिव अर्यालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस