४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुईवटा नागरिकता लिएको भन्दै उजुरी

अ+ अ-

रोल्पा । रोल्पा सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको दुईवटा नागरिकता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको छ ।

एउटै व्यक्तिले दुईवटा नामबाट नागरिकता लिएकाले छानबिन गरी कारबाही गरिपाऊँ भन्दै स्थानीय हरिबहादुर पुनले बुधबार जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी दर्ता गराएका हुन् ।

२०४२ साल मंसिर १० गते जिल्ला प्रशासन कार्यालय, रोल्पाबाट भिउदे खत्रीको नाममा ना.प्र.नं. ३८९२ बाट नागरिकता लिएको र २०४६ साल वैशाख ५ गते नागरिकता टोलीमार्फत गाउँबाटै ना.प्र.नं. १८६ बाट वीरबहादुर खत्रीको नामबाट नागरिकता लिएको देखिएकाले छानबिन गरी कारबाही गर्न उजुरी पत्रमा माग गरिएको छ ।

एकै व्यक्तिको दुईवटा नामबाट नागरिकता लिएको भन्दै छानबिन गरी कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको प्रजिअ डा. डिजन भट्टराईले जानकारी दिए । उजुरी परेपछि दर्ता गर्ने र अनुसन्धान प्रक्रिया अगाडि बढाउने आफ्नो कर्तव्य भएकाले सोही अनुसार गर्ने डा. भट्टराईको भनाइ छ ।

‘झुटा विवरण पेश गरी एउटै व्यक्तिले दुईवटा नागरिकता लिएको हुँदा गाउँको आमभेलाको निर्णयअनुसार कारबाहीका लागि स्थानीय प्रशासनमा उजुरी गरेका हौँ’, उजुरीकर्ता हरिबहादुर पुनले भने । सम्पूर्ण प्रमाण संलग्न गरी उजुरी गरेको पुनले बताए । २०४० सालमा मृत्यु भएका भाइ वीरबहादुर खत्रीको नामबाट गाउँपालिकाका अध्यक्षले दोस्रो पटक नागरिकता लिएको पुनले बताए ।

सो बारे जानकारी लिन गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीसँग पटक पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । रासस

प्रतिक्रिया दिनुहोस