३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वडामा एक स्वास्थ्य केन्द्र

अ+ अ-

दाङ । घोराही उपमहानगरपालिकाभित्रका नगरवासीले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् ।

नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले प्रथम नगरसभाबाट पारित ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीतिअनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र रहने भएको हो ।

उपमहानगरभित्र रहेका १९ वटै वडामा नगर स्वास्थ्य केन्द्र सञ्चालन गरी स्थानीयवासीलाई आफ्नै वडामा सहज रुपमा स्वास्थ्य सेवा पु¥याउने योजनाअनुरुप बाँकी रहेका ठाउँमा नयाँ स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । सो बमोजिम वडा नं १ मा काडाखुटी नगर स्वास्थ्य केन्द्र, वडा नं १७ मा हरिद्वार नगर स्वास्थ्य केन्द्र, वडा नं ६ मा फचकपुर नगर स्वास्थ्य केन्द्र, वडा नं ३ मा झिंगनी नगर स्वास्थ्य केन्द्र, वडा नं १५ मा नेपाल परिवार नियोजन संघ नगर स्वास्थ्य केन्द्र रहने भएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

त्यस्तै नगर स्वास्थ्य केन्द्रका लागि नयाँ भवन निर्माण गर्न छ वटा नगर स्वास्थ्य केन्द्रका लागि रु ६० लाख बजेट विनियोजन गरिएकाले वडा नं १८ स्थित हत्तीखर्क नगर स्वास्थ्य केन्द्र, हरिद्वार नगर स्वास्थ्य केन्द्र, फचकपुर स्वास्थ्य केन्द्र र आन्द्राभरैया नगर स्वास्थ्य केन्द्र, शिवपुर नगरस्वास्थ्य केन्द्रका लागि रु ११ लाखका दरले तथा घोरदौरा नगर स्वास्थ्य केन्द्रका लागि रु पाँच लाख बजेट छुट्याइएको छ ।

यसैगरी प्रथम नगरसभाबाटै पारित वडा नं १ मा हर्नोक बाह्य खोपकेन्द्र, वडा नं १९मा पाँचपोखरी बाह्य खोप केन्द्र र दक्षिण तेघरा बाह्य खोपकेन्द्र रहने भएको छ । घोराही उपमहानगरपालिकाले यिनै खोप केन्द्र निर्माणका लागि प्रत्येक खोप केन्द्रमा रु तीन लाख बजेट छुट्याइएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस