३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशीविदेशी शक्तिका कारण पार्टीको पराजय : उपप्रम थापा

अ+ अ-

विराटनगर । उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले कार्यकर्तामा हौसला प्रदान गर्न जिल्ला भ्रमण शुरु गरेको बताएका छन् ।

राप्रपा मोरङका अगुवा कार्यकर्तालाई आज विराटनगरमा सम्बोधन गर्दै उनले निर्वाचनको परिणामका कारण कार्यकर्तामा देखिएका अन्योलता र अनिश्चिततालाई हटाउनका लागि आफूले फागुन महिनासम्ममा अधिकांश जिल्लाको भ्रमण सम्पन्न गर्ने जानकारी गराए ।

राष्ट्रवादी शक्ति बलियो नहोस् भन्ने चाहना राखेर देशी विदेशी शक्तिले पार्टी विभाजन गराएको प्रसंग उल्लेख गर्दै राप्रपाका अध्यक्ष थापाले निर्वाचनमा पराजयको मुख्य कारणमा निर्वाचनको पूर्वसन्ध्यामा पार्टी विभाजन, संविधान संशोधनमा अस्थिर नीति र नेपाली कांग्रेससँग सहकार्य गर्नु रहेको उल्लेख गरे ।

धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन गराउने, राजालाई पाखा लगाउने र अन्ततोगत्वा मुुलुकको विखण्डनको प्रयास देखिएपछि राप्रपाको स्थापना भएको प्रसंग उल्लेख गर्दै उहाँले युवालाई धर्म संस्कृतिको विषयमा जागरुक गराउनुपर्ने आवश्यकता औँल्याए ।

उनले ९४ प्रतिशत सनातन धर्मावलम्बी भएको मुलुकमा हिन्दूवादी पार्टीका रुपमा रहेको राप्रपाको गत निर्वाचनमा तीन प्रतिशत पनि मत नपाउनु गम्भीर विषय भएको बताए ।

उनले जनताले हाम्रो एजेण्डालाई अस्वीकार गरेको होइन भन्दै उहाँले हिन्दू राष्ट्र बनाउने कि नबनाउने विषयमा जनमत संग्रह भयो भने हिन्दू राष्ट्र बनाउने पक्षमा ८० प्रतिशत जनताले मत दिने विश्वास व्यक्त गरे ।

पार्टीलाई पुनः निर्णायक शक्तिका रुपमा स्थापित गर्ने वचनबद्धता प्रकट गर्दै उहाँले कार्यकर्तालाई विचलित नभई पार्टी संगठनलाई बलियो बनाउनतर्फ केन्द्रित हुन आह्वान गरे ।

उनले फागुन महिनामा पार्टीको केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा हुने जानकारी गराउँदै पार्टीले आफ्ना मागलाई पूरा गराउनका लागि सडक संघर्ष गर्ने बताए ।

सो पार्टीका जिल्ला अध्यक्ष माधव आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय केदार कोइराला, अम्बिका भण्डारी, केन्द्रीय सदस्य तथा तराई विभागका महासचिव दिनेश साह र प्रदेश नं १ का प्रदेशसभा सदस्य इन्दिरा राईले पार्टीको संगठनलाई बलियो बनाउने लगायतका विषयमा आआफ्ना धारणा प्रकट गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस