३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् पहुँच नहुँदा गाउँपालिका समस्यामा

अ+ अ-

म्याग्दी । धौलागिरि गाउँपालिका केन्द्रीय विद्युत्को पहुँच बाहिर रहेको छ ।

गाउँपालिकाका सात वटै वडामा केन्द्रीय विद्युत्को पहुँच नपुग्दा गाउँपालिकाको कामदेखि स्थानीयवासी समस्यामा पर्दै आएका छन् । केन्द्रीय विद्युत् नपुगेपछि उज्यालोका लागि सौर्य र लघुजलविद्युत् परियोजना स्थानीयवासीको उज्यालोको स्रोत बने पनि यस्ता स्रोत दिगो नहुँदा स्थानीयवासी अँध्यारामै बस्नुपर्ने बाध्यता रहेको मुदीस्थित बुद्धि विकास माविका शिक्षक लोकराज रोकाले बताए ।

‘गाउँभरी उज्यालाका लागि सोलार प्यानल घरघरमा राखिए पनि ती स्रोत भरपर्दो नहुने र खर्चिलो हुने भएकाले बालबालिकाले घरमा साँझ अध्ययन गर्न समस्या हुने गरेको छ’, उनले बताए ।

कतिपय घरमा अझै पनि टुकीकै भरमा उज्यालाको सहारा लिनुपर्ने बाध्यता छ । ठूलो क्षमताको सोलार प्यानल जडान गर्न आर्थिक जोहो गर्न कठिन हुनेछ । बत्तीको हरेक वर्ष क्षमता घट्दै जाने, बिग्रिएको सामानको मर्मत गर्न नसकिने जस्ता कारणले बत्ती बाल्नका लागि राखिएका सौर्यबत्ती केन्द्रीय विद्युत् नपुगेका कारण विकल्प भए पनि जनताका लागि भरपर्दो हुन सकेको छैन ।

‘‘विद्युत् सेवाको पहुँच नहुँदै राज्यले दिएका सुविधा उपभोग गर्नबाट समेत वञ्चित भएका छौँ, विद्युत् अभावले सञ्चार सेवासमेत मजबुत छैन्, विद्यालयमा कम्युटर छन् तर भरपर्दो ऊर्जा नहुँदा नियमित सञ्चालनमा समस्या छ,’ शिक्षक रोकाले भने । केन्द्रीय विद्युत् नपुगेका कारण गाउँमा सबैले आफ्नै घरमा मोबाइल चार्ज गर्न समेत सुविधा छैन भने टेलिभिजन, इन्टरनेटलगायतको आधुनिक सूचना प्रविधिको पहुँचबाट टाढै बस्नुपर्ने अधिकांशको बाध्यता बनेको छ ।

कादुरी र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत विभिन्न संघसंस्था र समुदायको लगानीमा निर्मित लघुजलविद्युत् आयोजना नियमित सञ्चालन भएका ठाउँका बासिन्दाले सस्तो दरमा विद्युतभार कटौतीरहित विद्युत् सेवा उपभोग गर्न पाए पनि कतिपय ठाउँका लघुजलविद्युत् आयोजना बाढी र पहिराको चपेटामा परेपछि ती आयोजनाका उपभोक्ता समस्यामा परेका छन् ।

अहिले धौलागिरि गाउँपालिका–१ गुर्जा, वडा नं ५ मल्कवाङ र वडा नं ६ मराङमा लद्युजलविद्युत् परियोजनामार्फत स्थानीयवासीले विद्युत् उपभोग गरिरहेका छन् । वडा नं २ लुलाङमा रहेको लघुजलविद्युत् परियोजनामा बाढीले क्षति पुर्याएपछि लामो समयदेखि स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । वडा नं ३ मुनामा लघुजलविद्युत् परियोजना रहे पनि बाढीपहिराको क्षतिको कारण उत्पादन भरपर्दो बन्न सकेको छैन ।

त्यस्तै वडा नं ७ ताकम, धारापानीलगायत क्षेत्रमा अहिले स्थानीयवासीले सौर्यबत्तीलाई नै बिजुलीको स्रोतका रुपमा प्रयोग गर्दै आएका छन् । केन्द्रीय विद्युत्का अभावमा स्थानीयवासीले सौर्य र लघुजलविद्युत् परियोजनाबाट बत्ती बाल्ने गरे पनि वैकल्पिक ऊर्जाका यस्ता स्रोत दिगो, भरपर्दो र सबैको पहुँचमा नहुँदा समस्या सिर्जना भएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

स्थानीयस्तरमा बत्ती बाल्नका लागि मात्रै नभएर फर्निचर, कुटानीपिसानी मिललगायत घरेलु उद्योग सञ्चालन र सञ्चार क्षेत्रको पहुँच विस्तारका लागि समेत केन्द्रीय विद्युत्को अति आवश्यक रहेको उनको भनाइ छ । विद्युत्सँगै इन्टरनेट, टेलिफोनलगायतको सहज पहुँच नभएका कारण गाउँपालिका मुनास्थित कार्यालयबाटै नियमित सेवा सञ्चालन गर्न समेत सकिएको छैन ।

सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले अहिले बेनीमा सम्पर्क कार्यालयमार्फत सेवा दिँदै आएको छ । विद्युत्कै अभावले गाउँपालिकामा वित्तीय संस्थाको पहुँच विस्तारमा समेत ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले भने गाउँपालिकाको धारापानी हुँदै, ताकम, मुनालगायत क्षेत्रमा केन्द्रीय विद्युत्को पहुँच विस्तार गर्ने योजना अघि बढाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस