३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केही दिन तापक्रम स्थिर रहने

अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाको आज न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको छ ।

न्यूनतम तापक्रम घटे पनि तुलनात्मक रुपमा चिसो कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम घटे पनि अब क्रमशः चिसो कम हुँदै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

उनका अनुसार अबको तीन दिनसम्म पानी पर्ने बादल देखिँदैन भने न्यूनतम तापक्रम ३ डिग्रीको हाराहारीमा रहनेछ । आज पश्चिम तराई भेगमा बाक्लो हुस्सु लागेको छ । अपराह्नपछि त्यो हट्नेछ । पाँच दिनयता निकै चिसो बढे पनि आजदेखि भने केही न्यानो महसुस गरिएको छ ।

यसअघि गत पुस २३ गते यस वर्षकै बढी चिसो न्यूनतम तापक्रम ० डिग्रीमा झरेको थियो । यही माघ १० गते सुदूरपश्चिमबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गरेका कारण देशका अधिकांश भूभागमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यमखालको हिमपात भएको थियो ।

बदलीसँगै वर्षात्का कारण काठमाडौँको न्यूनतम तापक्रम बढेर ६ डिग्रीभन्दा माथि पुगेको थियो । त्यसयता शनिबारसम्म न्यूनतम तापक्रम बढे पनि काठमाडौंसहित देशभर चिसो बढेको थियो । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री पुगेको थियो । महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा कम जुम्लामा ऋणात्मक ५ र सबैभन्दा बढी दिपायलमा २३ डिग्री सेल्सियस तापक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस