कञ्चनपुर । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट मेशिन शनिबार उपलब्ध गराएको छ ।
अत्याधुनिक यन्त्र नहुँदा अस्पतालले क्याट एक र क्याट दुई प्रविधिबाट बिरामीको खकार जाँच गरी उपचार गर्दै आएको थियो । ‘पुरानो प्रविधिबाट क्षयारोग पत्ता लाग्न बढी समय लाग्ने गरेको थियो’, अस्पालका ल्याब टेक्निसियन हर्कबहादुर कुँवरले भने, ‘मेशिन आएपछि दुई घण्टामै क्षय रोग भए÷नभएको पत्ता लगाई बिरामीको उपचार तत्काल शुरु गर्न सकिन्छ ।’ अस्पतालले यन्त्रबाट क्षयरोग परीक्षण निःशुल्क रुपमा गर्ने जनाइएको छ । रासस