३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीमा प्रदेश सरकारका लागि भवनको खोजी

अ+ अ-

धनगढी । प्रदेश प्रमुखको नियुक्ति र धनगढीलाई सात नम्बर प्रदेशको अस्थायी मुकाम तोकिएसँगै प्रदेश सरकारका लागि चाहिने भवन लगायतका संरचनाको खोजी शुरु गरिएको छ ।

क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेल नेतृत्वको टोलीले बिहीबार धनगढीमा रहेको क्षेत्रीय स्वास्थ्य तालीम केन्द्र, कृषि, क्षेत्रीय वन, क्षेत्रीय सिँचाइ निर्देशनालय, जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग कार्यालय, सहकारी प्रशिक्षण तथा डिभिजनलगायतका कार्यालयको निरीक्षण गरी भवनको वस्तुस्थितिबारे जानकारी लिएको छ ।

प्रदेश प्रमुखको निवास, कार्यालयका साथै शपथ ग्रहण गरिने स्थानको टुंगो आजसम्म लगाई सक्ने र प्रदेश सरकार मातहतका लागि चाहिने थप कार्यालयको टुंगो पनि केही दिनभित्रै लगाई सक्ने क्षेत्रीय प्रशासक पौडेलले बताए ।

अहिलेलाई धनगढीमा उपलब्ध भवनको प्रयोग गर्ने हो, पौडेलले भने, पछि प्रदेश सरकार आफैँले व्यवस्थापन गरिहाल्छ ।

प्रदेश सरकारअन्तर्गत गठन हुने मन्त्रालयका साथै मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सचिवालय, मुख्य सचिवको कार्यालयका साथै निवासको प्रयोजनका लागि ठूलो संख्यामा भवनलगायतका संरचना आवश्यक पर्ने बताइएको छ ।

सरकारले सात नम्बर प्रदेशको प्रमुखमा कैलालीको भजनी नगरपालिकाका मोहनराज मल्ललाई नियुक्त गरेको छ । तत्कालीन पञ्चायती व्यवस्थामा लामो समयसम्म राष्ट्रिय पञ्चायत सदस्यमा कैलाली जिल्लाबाट निर्वाचित भएका मल्ल निष्ठावान राजनीतिज्ञका रुपमा परिचित छन् । ६८ वर्षीय मल्ल वि.सं. २०७० अघिसम्म राप्रपासँग आबद्ध रहेकामा त्यसपछि नेपाली कांग्रेसका प्रवेश गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस