३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन एमालेको जोड

अ+ अ-

काठमाडौं । नेकपा एमालेले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

आज पार्टी मुख्यालयमा बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रियसभाको निर्वाचन गर्न ढिलाइ गरिरहेको भन्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार र आयोगसँग माग गरिएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

उनले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न गरिएको ढिलाइले राष्ट्रियसभाको निर्वाचन प्रभावित हुने भएकाले तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोकी राष्ट्रियसभा निर्वाचनको मिति तय गर्न माग गरिएको बताए ।

कामचलाउ हैसियतको सरकारले नयाँ दरबन्दी सिर्जना गर्ने, सरुवा बढुवा गर्ने, राज्यको ढुकुटीबाट रकमान्तर गरी खर्च गर्ने काम रोक्नुपर्नेमा बैठकले जोड दिएको भट्टराईले बताए ।

बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार चयन गरी पठाउँदा विशेष ध्यान दिन मातहतका कमिटीलाई निर्देशनसमेत दिएको छ । “राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिश गर्दा यसअघिका चुनावमा उम्मेदवार नभएका र विभिन्न क्षेत्रमा योगदान पुर्याएका पार्टीका नेता तथा कार्यकर्तालाई छनौट गर्न मातहत कमिटीलाई निर्देशन दिने निर्णय गरेका छौँ” उनले भने, “प्रदेशबाट सिफारिश मागेका छौँ, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कतिपय भूगोल, क्षेत्र र समुदाय छुटेका छन् तर अब राष्ट्रियसभाको निर्वाचनमा त्यस्तो नहोस् भनेर तल्लोतहबाटै विशेष ध्यान दिई सिफारिश गर्न भनेका छौं ।”

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नेसम्बन्धमा सरकारले आफ्नो दलसँग सल्लाह नगरेको उनले बताए । पार्टी कार्यालय धूमबाराहीमा कार्यवहाक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा सो बैठक बसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस