काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको डिनमा प्राध्यापक डाक्टर शशी शर्मालाई पुनर्वहाली आदेश दिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई हटाएर प्रा. डा. राकेशप्रसाद श्रीवास्तवलाई डिनमा नियुक्त गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय उत्प्रेषणको आदेशद्धारा बदर गर्दै पुनर्वहालीको आदेश दिएको हो ।
‘यी निवेदकको मिति २०७०/०९/२८ बाट ४ वर्ष अर्थात २०७४/०९/२७ सम्म पदावधि बाँकी रहेको देखिँदा सो बाँकी दिन ४ को हकमा निवेदकले वहाल हुन चाहेमा आजैका मितिबाट बहाल हुन जानु भनी परमादेशको आदेश जारी गरिदिएको छ,’ आदेशमा उल्लेख छ।