प्रदेश राजधानी नतोकिएको सरकारको स्पष्टोक्ति (हेर्नुहोस् विज्ञप्ती) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश राजधानी नतोकिएको सरकारको स्पष्टोक्ति (हेर्नुहोस् विज्ञप्ती)


प्रशासन विशेष ब्युरो

१९ पुस २०७४, बुधबार


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज (बुधवार) एक विज्ञप्ती जारी गर्दै प्रदेशको अस्थायी राजधानी तोक्ने काम नभएको प्रस्ट्याएको छ ।

प्रदेश राजधानी तोकिएको भन्दै मंगलबार सरकारी स्वामित्वको समाचार एजेन्सी राससले समाचार सम्प्रेषणलाई आधार मानेर राजधानी तोकिएको विषयमा केही स्थानमा विरोध जुलुस समेत भएपछि सरकारले विज्ञप्ती मार्फत स्पष्ट पारेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले राजधानी तोकिएको भनेर सम्प्रेषित समाचारलाई सत्य नभएको जानकारी दिँदै भनेका छन् – ‘नेपालको संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको व्यहोरा जानकारी गराउँदै यस सम्बन्धमा भ्रममा नपर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

यसैबीच शहरी विकास मन्त्रालय स्रोतले केही दिन अघिमात्रै संभावित राजधानीको खाका तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस