२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीलाई सक्षम बनाउन नयाँ ऐन ल्याउने तयारीमा मन्त्रालय

अ+ अ-

काठमाडौँ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी संस्थालाई सक्षम र उत्तरदायी बनाउन सकहारीसम्बन्धी नयाँ ऐन ल्याउने तयारी गरेको छ ।

सीमित सहकारीका गल्तीका कारण सिंगो सहकारी क्षेत्र बदनाम भएको र त्यसको शुद्धीकरण गर्ने उद्देश्यसहित नयाँ ऐन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रु एक करोडभन्दा बढी कारोबार तथा ऋण परिचालन गर्ने पाँच हजारभन्दा बढी सहकारी छन् । तर कूल सञ्चालित ३४ हजार सहकारीमध्ये १३० सहकारीले मात्रै आफ्ना सदस्यको रकम हिनामिना गरेका छन् ।

मुलुकको समृद्धिका लागि महत्वपूर्ण औजार सहकारी भएकाले त्यसको दिगोपना कायम गर्न र आफ्ना सदस्यप्रति उनीहरुलाई जिम्मेवार बनाउन नयाँ ऐन आवश्यक परेको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताए। उनले भने, “स्वपरिचालन, स्वउत्तरदायी र स्वलक्ष्यित सहकारीको आधारभूत शर्त भए पनि केहीले गलत काम गरेका छन् । अब बन्ने ऐनले गलत कार्यलाई नियन्त्रण गर्नेछ ।”

नयाँ ऐनमा ब्याजको स्प्रेड दर, कार्यक्षेत्रको निर्धारण, सदस्यको निर्धारण, सहुलियत, विशिष्टीकरण, जोखिम न्यूनीकरणका लागि जगेडा तथा परिपूरक कोषजस्ता नयाँ व्यवस्था गरिएको सचिव मैनालीले जानकारी दिए।

मुलुकका सातवटै प्रदेश र ७७ जिल्लामा सहकारी संस्थाहरु सञ्चालित छन् । सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार मुलुकभर ३४ हजार सहकारीका ६१ लाख सदस्य छन् । सहकारीको वित्तीय क्षेत्रमा १९ र कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशतको योगदान छ ।

प्रतिक्रिया दिनुहोस