कृषि विकास बैंकको भ्रष्टाचार काण्डमा शाखा प्रबन्धकसहित दुई पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कृषि विकास बैंकको भ्रष्टाचार काण्डमा शाखा प्रबन्धकसहित दुई पक्राउ


प्रशासन विशेष ब्युरो

२५ मंसिर २०७४, सोमबार


काठमाडौं । न्यूरोडस्थित कृषि विकास बैंकको शाखा कार्यालयमा झण्डै ५ करोड रकम हिनामिना गरेको अभियोगमा थप ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शाखाका मुख्य प्रबन्धक प्रेमहरि ढुंगेलसहित इसीसी प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहट्टा छन् ।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका सहायक टेलर दिपिका रेग्मी, तेह्रथुम घर भइ हाल काठमाडौंको बालाजु बस्दै आएका प्रकाश घतानी र दोलखा घर भइ हाल काठमाडौं बस्दै आएका रमेशकुमार थापालाई पक्राउ गरेको थियो ।

बैंकको अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको र पक्राउ परेकाहरुमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस