२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. बावुराम भट्टराई तेस्रो पटक विजयी

अ+ अ-

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई तेस्रो पटक प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित भएका छन् ।

नेपाली कांग्रेससँगको सहकार्यमा गोरखा–२ बाट साझा उम्मेदवार बनेका डा. भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरी ह्याट्रिक गरे ।

यही मंसिर १० गते भएको निर्वाचनको मतपरिणाम गए राति आएको हो । गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा डा. भट्टराईले ३१ हजार ८०७ र उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरेका छन् । डा. भट्टराई र श्रेष्ठबीचको मतान्तर छ हजार ८७४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा दुई हजार ६३८ मत बदर भएको थियो । डा. भट्टराई वि.सं. २०६४ र २०७० को संविधानसभा निर्वाचनमा क्रमशः गोरखा २ र १ बाट निर्वाचित भएका थिए । यस पटकको निर्वाचन प्रक्रिया शुरु भएदेखि गोरखा २ चर्चामा थियो र छ । माओवादीका पूर्वउपाध्यक्ष डा. भट्टराई र श्रेष्ठ एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएपछि कडा टक्कर हुने अनुमान गरिए पनि भट्टराई फराकिलो मतान्तरले विजयी भएका छन् । डा. भट्टराईलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकिएको छ ।

चीनकाजीलाई हराए हरिराजले

गोरखा–१ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई भारी मतले नेकपा माओवादी केन्द्रका नेता हरिराज अधिकारीले पराजित गरेका छन् । कुल ६३ हजार ६१९ मत खसेकामा अधिकारीले २९ हजार ८३० र श्रेष्ठले २६ हजार ९३३ मत प्राप्त गरेका छन् ।

अधिकारीले तीन हजार २१७ मतान्तरले श्रेष्ठलाई पराजित गरे । यहाँ चार हजार ३३५ मत बदर भएको थियो ।

चार प्रदेशमा चार दल निर्वाचित

गोरखाका दुई प्रतिनिधिसभा क्षेत्रमध्ये वाम गठबन्धनले गोरखा– १ र लोकतान्त्रिक गठबन्धनले गोरखा–२ मा जितेका छन् । यस्तै चार दलका उम्मेदवारले चार प्रदेशसभामा एक स्थानमा विजयी हासिल गरेका छन् । गोरखा–१ का दुई प्रदेशसभा क्षेत्रमा वाम गठबन्धन तथा गोरखा २ का दुई क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी बने ।

गोरखा १ प्रदेशसभा क्षेत्र (क) मा कांग्रेसका नेता धीरन थापालाई पराजित गर्दै माओवादी केन्द्रका नेता लेखबहादुर थापा विजयी भएका छन् । यस्तै प्रदेश (ख) मा कांग्रेस नेता राजेन्द्र बजगार्इँलाई पराजित गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत विजयी भएका छन् ।

गोरखा २ प्रदेशसभा क्षेत्र (क) मा नेकपा माओवादीकी नेत्री कमला नहर्कीलाई पराजित गर्दै नयाँ शक्तिका नेता हरिशरण आचार्य विजयी भएका छन् भने (ख) प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभासद् अमर तमुलाई पराजित गर्दै कांग्रेसका नेता प्रकाशचन्द्र दवाडी विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस