२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदरमुकाममा खानेपानीको समस्या समाधान

अ+ अ-

बैतडी । विगतका वर्षमा बैतडी सदरमुकाममा खानेपानीको चरम समस्या हुने गरेको भए पनि यो वर्ष भने खानेपानीको समस्या समाधान भएको छ ।

बैतडी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सदरमुकाममा खानेपानी सञ्चालन भएपछि खानेपानीको समस्या समाधान भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताए । सन् २०१३ देखि निर्माण कार्य शुरु भएको आयोजनाको निर्माण कार्य गत भदौमा सम्पन्न भएको थियो ।

करिब १४ करोडको लागतमा निर्माण कार्य सम्पन्न भएको आयोजनाबाट सदरमुकाम र आसपासका ९०० घरधुरी लाभान्वित भएका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख मोहनबहादुर कुँवरले बताए । छ किलोमिटरको दूरीमा रहेको काशाीगाड मुहानबाट खानेपानी ल्याइएको उनले बताए । जिल्लाकै पहिलो गुणस्तरीय स्वच्छ खानेपानी योजना भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजनामा दुई वटा पानी प्रशोधन केन्द्र रहेको छ ।

करिब एक लाख ५० हजार घनमिटर क्षमता भएको रिजर्भ ट्यांकी रहेको र गढी तथा गोठलापानीका पम्पिङ प्रणालीबाट खानेपानी वितरण भइरहेको छ । खानेपानी वितरण भएसँगै सदरमुकाममा खानेपानी समस्या अन्त भएको उपभोक्ता समितिका अध्यक्ष चन्दको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस