१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजबाट दुर्लभ पाटे बाघ गणना

अ+ अ-

चितवन । आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना  (अनुगमन) शुरु हुँदैछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो ।

निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुसार हात्ती र करिब २०० जनशक्ति खटिने जानकारी दिए ।

उनले बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा नेपाल र भारतमा गणना हुन लागेको जानकारी दिए । पाटे बाघ र यसको आहारा प्रजातिको अवस्था पत्ता लगाई आवश्यक संरक्षणका योजना निर्माणका लागि बाघ गणना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा बाघ गणनाको फिल्ड कार्यान्वयन एकाइका संयोजक रामचन्द्र कँडेलको भनाइ छ ।

यसअघिको सन् २०१३ को बाघ गणनामा नेपालमा १९८ बाघ रहेको पाइएको थियो । जसमा १२० बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको तथ्यांक छ । यस्तै बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा सात र बाँकेमा चार वटा बाघ रहेको तथ्यांक थियो ।

गणकलाई आवश्यक प्रशिक्षण दिएर आज पर्सा राष्ट्रिय निकुञ्जबाट गणनाको शुभारम्भ गरिने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस