१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र भारतीय सुरक्षा निकायद्वारा सीमामा संयुक्त गस्ती

अ+ अ-

खजुरा । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई मध्यनजर नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती शुरु गरेका छन् ।

शान्ति सुव्यवस्थाका साथै कुनै पनि अप्रिय घटना नदिन बाँके प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन जिल्लास्थित सुरक्षा निकायले भारतीय सुरक्षा निकायसँग सहकार्य गरी सतर्कता अपनाउन थालेको हो ।

सीमापारिबाट हुनसक्ने आवञ्छित गतिविधिलाई नियन्त्रण गर्न भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बल एसएसबी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बुधबार बाँकेको सीमामा संयुक्त गस्ती गरेका छन् ।

सीमामा हुने विभिन्न आपराधिक गतिविधि र चुनावमा नकारात्मक असर पार्न सक्ने उच्छृंखल तत्वमाथि निगरानी बढाउन संयुक्त गस्ती गरिएको हो । सशस्त्र प्रहरी बल बीओपी कालाबञ्जरका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक गंगाराम भट्ट, इलाका प्रहरी कार्यालय हिरमिनियाका इञ्चार्ज प्रहरी नायब निरीक्षक प्रशाराम केसी र भारतस्थित मुन्सीपूर्वा एसएसबी क्याम्पका इञ्चार्ज अरबिन्द कुमारको नेतृत्वमा सात÷सात जना गरी २१ जनाको टोलीले संयुक्त गस्ती गरेको हिरमिनियाका प्रहरी नायब निरीक्षक केसीले बताए ।

बुधबार पहिलो चरणमा सीमास्तम्भ नम्बर २६/१ देखि २७/१५ सम्म गस्ती गरिएको र यसलाई निरन्तरता दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस