२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल

अ+ अ-

अछाम । नेकपा एमालेका उपाध्यक्ष तथा निर्वाचन अछाम क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार भीम रावलले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले स्थिर सरकार निर्माणसँगै राष्ट्र समृद्धिको दिशातिर अघि बढ्ने बताएका छन् ।

सञ्चारकर्मीसँग साँफेबगरमा बुधबार कुराकानी गर्दै पूर्व उपप्रधानमन्त्री रावलले वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहासिक आवश्यकता भएको बताए । नेता रावलले संविधानले सामाजिक–आर्थिक रुपान्तरणसहित समाजवाद उन्मुख व्यवस्थातर्फ मार्गनिर्देशन गरेकाले उक्त काम वाम गठबन्धनले मात्रै गर्नसक्ने बताए ।

उनले वाम गठबन्धनले देशको आर्थिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘कांग्रेसका नेताहरु चुनाव हार्ने डरले अहिले वाम गठबन्धनको शासन आए राष्ट्रको लागि अनिष्ट हुने भन्दै अभिव्यक्ति दिन थालेका छन् ।’ पूर्व उपप्रधानमन्त्री रावलले भने- ‘वाम गठबन्धन र एकताले राष्ट्रको लागि अनिष्ट नहुने भई कांग्रेसका लागि मात्र अनिष्ट हुनेछ ।’ उनले भने वाम गठबन्धनले मंसिर २१ गतेपछि दुई तिहाइ बहुमत ल्याएर विजयी भएपछि कांग्रेसका लागि पक्कै अनिष्ट हुनेछ ।

‘हामी समाजवादतर्फ त जाने नै हो ।’ उनले भने- ‘गाँस, बास, कपास मात्रै होइन, सम्पूर्ण आधारभूत आवश्यकता, सुरक्षा दिने, सम्मानित भएर बाँच्न सक्ने, जनताका निम्ति हेरविचार गर्ने सरकार निर्माण गर्छौं, त्यसैका लागि वाम गठबन्धनलाई भोट दिनुपर्छ ।’ अबको सत्ता पूँजीपतिका लागि मात्र नभई जनताका लागि हुने भन्दै रावलले त्यही सत्ता नै समाजवाद भएको बताए ।

अहिले वाम गठबन्धनप्रति जनताको विश्वास रहेको भन्दै रावलले एकता प्रयासलाई समेत सकारात्मक रुपमा लिएको र वाम गठबन्धनले चुनावपछि जनताले चाहेको सरकार गठन गर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस