२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिमा नातावादः हेर्नुहोस् आफन्त उम्मेदवारको सूची

अ+ अ-

काठमाडौं । नेपाली राजनीतिको केन्द्र भागमा रहेको कोइराला परिवारबाट सधैँजसो यसपालि पनि धेरै उम्मेदवार छन्। हजुरबा एउटै अर्थात् कृष्णप्रसाद कोइराला हुन्। तर, बिपीपुत्र तथा कांग्रेस महामन्त्री डा। शशांक नवलपुर १ बाट तेस्रोपटक प्रतिस्पर्धामा छन्।

कृष्णप्रसादका काइँला छोरा अर्थात् बिपीका भाइ केशवपुत्र शेखर मोरङ ६ बाट निर्वाचन लड्दैछन्। त्यस्तै, गिरिजाप्रसादपुत्री सुजाता प्रतिनिधिसभा समानुपातिकको सूचीमा खस–आर्य महिलामा पहिलो नम्बर छिन्। तीनैजना एकै परिवारका भए पनि राजनीतिमा प्रभावशाली भूमिकामा सक्रिय छन्।

महत दाजुभाइ
कांग्रेसबाट दाजुभाइ डा। रामशरण महत नुवाकोट १ र डा। प्रकाशशरण महत काठमाडौं ५ बाट प्रतिस्पर्धामा छन्। दाइ महत लगातार नुवाकोटबाट निर्वाचन लड्दै आएका छन्। ०४८ को निर्वाचनबाहेक उनी हरेकपटक सफल हुँदै आएका छन्। उता, भाइ प्रकाशशरणले लगातार दुईपटक समानुपातिकबाट प्रतिनिधित्व गरेका थिए। यसपालि उनी एमाले महासचिव ईश्वर पोखरेलसँग भिड्दै छन्। उनीहरू कांग्रेसका दुई समूहका उत्तिकै प्रभावशाली नेता हुन्।

केसी दाजुभाइ
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी नुवाकोट २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्। उनका भाइ एवं नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी नुवाकोट २ ९क०मा प्रदेश सभामा उम्मेदवार बनेका छन्। संविधानसभाको पहिलो निर्वाचन हारेका अर्जुननरसिंहले दोस्रो निर्वाचन जितेका थिए। यसपालि उनी एमालेका नारायण खतिवडासँग प्रतिस्पर्धा गर्दै छन्। केसी परिवार नुवाकोटको राजनीतिमा प्रभावमा छ।

देउवापत्नी आरजु प्रत्यक्ष निर्वाचनमा
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवार बनेका छन्। देउवा परम्परागत रूपमा डडेल्धुरा र पत्नी आरजु कैलाली ५ बाट लड्दै छन्। ०७० को संविधानसभा निर्वाचनमा शेरबहादुरले कैलाली ६ बाट पनि निर्वाचन जितेका थिए। अहिले क्षेत्र घट्दा सोही ठाउँमा आरजु उठेकी हुन्। आरजुले समानुपातिकबाट कांग्रेसलाई प्रतिनिधित्व गर्दै आएकी छिन्।

कोइराला परिवारका ज्वाइँ दिलबहादुर
कोइराला परिवारकी भान्जी शैलजा आचार्यका बहिनीज्वाइँ पर्ने दिलबहादुर घर्ती यसपटक लमजुङबाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन्। घर्ती आफैँ पनि राजनीतिमा सक्रिय छन्। उनको प्रतिस्पर्धा वाम गठबन्धनका देव गुरुङसँग हुँदैछ।

खाणदम्पती उम्मेदवार
कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणको नाम समानुपातिकतर्फबाट एक नम्बरमा छ। उनकी पत्नी मञ्जुको नाम पनि महिलातर्पmबाट समानुपातिकमै राखिएको छ। मञ्जु खस–आर्य महिला समूहको आठौँ नम्बरकी उम्मेदवार छिन्।

खुमबहादुरपत्नी पनि सूचीमा
कांग्रेसका अर्का प्रभावशाली नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा पनि प्रतिनिधिसभामा खस–आर्य कोटाबाट समानुपातिक उम्मेदवारको सूचीमा परेकी छिन्। भ्रष्टाचार अभियोगमा सर्वोच्चको अन्तिम फैसलाबाट जेल सजाय भोगेका खड्का कानुनतः उम्मेदवार बन्न नपाउने भएपछि पत्नीको नाम समावेश गरिएको हो। शिलाको उम्मेदवारी महिला क्रमको नवौँ नम्बरमा छ। ०७० को निर्वाचनमा कांग्रेसले शिलालाई प्रत्यक्षतर्पm उम्मेदवार बनाएको थियो। तर, खुमबहादुरले नाम फिर्ता गराएर समानुपातिकबाट सांसद बनाएका थिए।

निधिकी जेठीसासू पनि उम्मेदवार
कांग्रेस नेता विमलेन्द्र निधिकी जेठीसासू दीपशिखा शर्मा पनि प्रतिनिधिसभा समानुपातिकमा महिलाबाट ६ नम्बरमा परेकी छिन्। दीपशिखा ०४८ मा सिन्धुली ३ बाट जितेका ध्र्रुव शर्माकी श्रीमती हुन्। पूर्वसांसद शर्माको निधन भइसकेको छ।

महेश आचार्यका सम्धी र भान्जा
कांग्रेस नेता महेश आचार्य स्वाभाविक रूपमा मोरङ ४ बाट उम्मेदवार छन्। तर, उनका भान्जा दीपेन्द्र ढकालले पनि प्रदेश सभा १ बाट समानुपातिकमा उम्मेदवारी पाएका छन्। त्यति मात्र होइन, आचार्यका सम्धी विश्वनाथ रिजाल पनि मोरङ ४ को ९ख०बाट प्रदेश सभाका उम्मेदवार बनेका छन्।

कोइराला परिवारका भदाज्वाइँ पनि
नोना कोइरालाका भदाज्वाइँ खिमप्रसाद भुसाल प्रतिनिधिसभाको खस–आर्य पुरुषको समानुपातिक उम्मेदवार बनेका छन्। राजनीतिमा नाम नसुनिए पनि उनी खस–आर्यको नवौँ नम्बरमा छन्।

सीतादेवीका छोरा उम्मेदवार
कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव स्वाभाविक रूपमा मधेसी सूचीमा एक नम्बरमा छिन्। तर, उता छोरा डा। सुभाषचन्द्र यादव पनि सिरहा ३ ९ख०बाट प्रदेश सभामा उम्मेदवार बनेका छन्।

बलबहादुर केसीकी बहिनी
कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी सोलुखुम्बुबाट प्रत्यक्षतर्पmबाट निर्वाचन लड्दै छन्। ०६४ मा निर्वाचन हारेका केसीले ०७० मा जितेका थिए। यसपालि उनकी बहिनी गोमा केसी पनि प्रतिनिधिसभामा समानुपातिकतर्फ खस–आर्य महिला सूचीको १२औँ नम्बरमा छिन्।

एमालेमा सक्रिय आफन्तजनलाई टिकट
एमाले वरिष्ठ नेता झलनाथ खनाल र सचिव भीम आचार्य साढुका रूपमा नातेदार भए पनि राजनीतिमा उत्तिकै सक्रिय छन्। खनाल इलाम १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र आचार्य सुनसरी १ ९ख०बाट प्रदेश सभामा उम्मेदवार छन्। आचार्यलाई प्रदेश नं। १ को मुख्यमन्त्रीका रूपमा पनि प्रचार गरिएको छ। भोजपुरबाट प्रदेश सभामा उठेका पूर्वमन्त्री शेरधन राई मुख्यमन्त्रीका रूपमा आचार्यका प्रतिस्पर्धी हुन्।

गौतम पति–पत्नी
उम्मेदवार एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ बाट प्रतिनिधिसभामा उम्मेदवार छन्। एमालेकै महिला संघकी उपाध्यक्ष रहेकी उनकी पत्नी तुलसी थापा प्रतिनिधिसभामा समानुपातिकबाट जनजाति महिलातर्फ उम्मेदवार छिन्। छैटौँ नम्बरमा नाम रहेकाले उनी सांसद हुने लगभग निश्चित छ।

शंकरपत्नी समानुपातिकको सूचीमा
स्थायी समिति सदस्य शंकर पोखरेल दाङ २ ९क०बाट प्रदेश सभामा उम्मेदवार छन् भने केन्द्रीय सदस्य सुजिता शाक्य प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार छिन्। पोखरेलपत्नी शाक्य जनजाति समूहको महिलातर्फ तेस्रो नम्बरमा छिन्।

पाण्डे दाजुभाइ प्रत्यक्षमा
स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चितवन १ बाट प्रतिनिधिसभामा र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे धादिङ १ ९क०बाट प्रदेश सभामा उम्मेदवार छन्। उनीहरू सहोदर दाजुभाइ हुन्।

कृष्णगोपाल र श्रीमती उम्मेदवार
एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९ बाट प्रतिनिधिसभामा उम्मेदवार छन्। उनकी पत्नी विना श्रेष्ठ प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन्। कृष्णगोपाल कडा प्रतिस्पर्धामा छन्, तर समानुपातिकको जनजाति महिलातर्पm पाँचौँ स्थानमा रहेकी विना सांसद बन्ने लगभग निश्चित छ।

रघुवीरपत्नी जुली उम्मेदवार
केन्द्रीय सदस्य रघुवीर महासेठ धनुषा ४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन्। पत्नी जुली महतो प्रतिनिधिसभाकै समानुपातिकतर्फ मधेसी महिलातर्फ पहिलो नम्बरमा उम्मेदवार छिन्।

विरोध प्रतिनिधिसभा, मनु प्रदेशमा
केन्द्रीय सदस्य विरोध खतिवडा मकवानपुर २ बाट प्रतिनिधिसभा उम्मेदवार छन्। उनकी पत्नी मनु सिग्देल ३ नम्बर प्रदेश सभाका लागि समानुपातिकतर्फ खस–आर्य महिलातर्फ दोस्रो नम्बर सूचीमा उम्मेदवार छिन्। मनु एमाले मकवानपुरकी अध्यक्ष पनि हुन्।

तामाङ र राई पति–पत्नी उम्मेदवार
केन्द्रीय सदस्य शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ बाट उम्मेदवार छन्। पत्नी उषाकला राई प्रदेश नम्बर १ को प्रदेश सभाका लागि जनजाति महिलातर्फ दोस्रो नम्बर सूचीकी उम्मेदवार छिन्।

भूमिगतकालमै सक्रिय परिवारजन निर्वाचनमा

प्रचण्ड परिवारबाट चारजना
माओवादी अध्यक्ष प्रचण्डको परिवारबाट चारजना उम्मेदवार छन्। प्रचण्ड चितवन ३ र बुहारी विना मगर कञ्चनपुर १ बाट उम्मेदवार छन्। भूमिगतकालमा पक्राउ परेकी विनाले सैनिक हिरासतमा चरम यातना पाएकी थिइन्। उनी सरस्वती क्याम्पस स्ववियुकी पूर्वसभापति हुन्। भूमिगतकालमै सक्रिय भाइ नारायण दाहालले ०६४ मा चितवनबाट निर्वाचन जितेका थिए। यसपालि उनी प्रतिनिधिसभाको समानुपातिकमा उम्मेदवार छन्। त्यस्तै, प्रचण्डका ज्वाइँ जीवन आचार्य मोरङ ६ ९क० बाट प्रदेश सभामा उम्मेदवार छन्।

पुन परिवारबाट तीनजना
माओवादी नेता वर्षमान पुन र उनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीमगर दुवै उम्मेदवार छन्। जनयुद्धमा सँगै हिँडेका पुन रोल्पाबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ र पत्नी ओनसरी प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन्। यस्तै, वर्षमानकी बहिनी लालकुमारी पुन ललितपुर १ ९क०बाट प्रदेश सभा उम्मेदवार छिन्।

हितमान दम्पती दुवै उम्मेदवार
माओवादी केन्द्रका नेता हितमान शाक्य काठमाडौं १० बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ र श्रीमती अमृता थापा प्रतिनिधिसभाकै समानुपातिकमा परेकी छिन्।

शर्मा दाजुभाइ नै निर्वाचनमा
शर्मा दाजुभाइ माओवादी नेता जनार्दन शर्मा पश्चिम रुकुम र भाइ अनिल शर्मा काठमाडौं १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवार छन्।

बस्नेत प्रत्यक्षतर्फ, श्रीमती समानुपातिकमा
माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र पत्नी सत्य पहाडी प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन्।

देव गुरुङ प्रत्यक्षमा, श्रीमती समानुपातिकमा
माओवादी केन्द्रका नेता देव गुरुङ लमजुङबाट प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा उम्मेदवार छन् भने पत्नी यशोदा गुरुङ सुवेदी प्रतिनिधिसभाकै समानुपातिकमा सूचीमा परेकी छिन्।

केसीदम्पती उम्मेदवार
माओवादी केन्द्रका अर्का नेता कुलप्रसाद केसी रोल्पा ९क०बाट प्रदेश सभा प्रत्यक्षतर्फ उम्मेदवार भएका छन् भने श्रीमती तारा घर्ती केसी प्रतिनिधिसभा समानुपातिकमा परेकी छिन्।

पति–पत्नी नै उम्मेदवार
माओवादी केन्द्रकी नेतृ रेखा शर्मा प्रतिनिधिसभा समानुपातिक र श्रीमान् कृष्णध्वज खड्का प्युठान ९ख०बाट प्रदेश सभामा प्रत्यक्ष उम्मेदवार छन्।

देवी खड्का परिवारका तीनजना उम्मेदवार
माओवादी केन्द्रकी नेतृ देवी खड्का र उनका श्रीमान् राजकुमार श्रेष्ठ प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बनेका छन्। भाइ विशाल खड्का दोलखा ९क०बाट प्रदेश सभा उम्मेदवार छन्।

प्रतिनिधिसभामा श्रीमान् –श्रीमती प्रतिस्पर्धी
महोत्तरी १ प्रतिनिधिसभा निर्वाचनमा श्रीमान्–श्रीमती आमने–सामने छन्। संघीय समाजवादी फोरमका उम्मेदवार लक्ष्मी महतोसँगै श्रीमती रामकुमारीदेवी कोइरीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। रामकुमारी स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार बनेकी थिइन्। आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस