२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखापालद्वारा ६१ करोड भ्रष्टाचार

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ। अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ गरेको हो।

इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको अभियोगमा उनी पक्राउ परेका हुन्।

अधिकारीमाथि ६१ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको सहसचिव तथा आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए। ‘उनलाई पक्राउ गरी उनीमाथि लागेका आरोपका विषयमा हामीले अनुसन्धान थालेका छौँ,’ कोइरालाले नयाँ पत्रिकासँग भने।

तीन उपसचिवसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

०७०/७२ को अवधिमा राजस्व दाखिला नगरेको आरोपमा अख्तियारले तीन उपसचिव, दुई अधिकृत र तीन लेखापाल गरी आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

छानबिनका क्रममा लेखापाल अधिकारीसहित केही कर्मचारी निलम्बनमा परेका थिए। लेखापाल अधिकारी दुई वर्षअगाडि सरुवामा पर्दा पनि रमाना नलिएर जबर्जस्ती यातायात कार्यालय कोसीमै बसेका थिए। सेटिङ मिलाएर कमाउधन्दा गर्दै आएका अधिकारीले अन्यन्त्र सरुवा लिन नमानेको बताइएको छ।

कसमाथि कति बिगो मागदाबी ?
राजस्व हिनामिना प्रकरणमा अख्तियारले यातायात कार्यालयका तत्कालीन प्रमुख रमेशप्रसाद दाहालविरुद्ध १२ करोड ३० लाख, उपसचिव विष्णुप्रसाद पौडेलविरुद्ध २३ करोड ७७ लाख र अर्का उपसचिव नयराज नेपालविरुद्ध २५ करोड १३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। लेखा अधिकृत कुमारबहादुर कटुवालविरुद्ध दुई करोड १४ लाख र टीकाराम अधिकारीविरुद्ध ५७ करोड २५ लाख, लेखापाल सुरेश अधिकारीविरुद्ध कुल बिगोको सबै हिस्सा अर्थात् ६१ करोड २१ लाख रुपैयाँ, देवराज नेपालमाथि ४५ करोड ६१ लाख, रुद्रप्रसाद दाहालविरुद्ध २१ करोड ६३ लाख रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरिसकेको छ।

जागिर लेखापालको : राजधानीसहित चार ठाउँमा घर

लेखापाल सुरेश अधिकारीले इटहरी, काठमाडौं र विराटनगरमा घर जोडेका छन्। उनको इटहरीमा एक, विराटनगरमा दुई र काठमाडौँमा एउटा सुविधासम्पन्न घर भएको स्रोतले जनाएको छ। हाल उनको सबै सम्पत्ति अख्तियारले रोक्का गरेको छ। उनले सवा करोड मूल्य पर्ने टोयटाको फर्चुनर गाडी चढ्दै आएका छन्। यो सम्पत्तिले नै भ्रष्टाचार प्रमाणित हुने आयोगको इटहरी कार्यालयमा कार्यरत डिएसपी मुकुन्द रिजालले बताए।

प्रतिक्रिया दिनुहोस