कपाल झर्न कसरी रोक्ने ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कपाल झर्न कसरी रोक्ने ?


प्रशासन विशेष ब्युरो

२४ कार्तिक २०७४, शुक्रबार


 

कपालले मान्छेको सौन्दर्य झल्काउँछ । त्यसैले पनि हरेक व्यक्तिले कपालको विशेष ख्याल राख्ने गर्छन् । तर, कतिपय युवायुवती भने कपाल झर्ने समस्याबाट हैरान छन् । कपाल झर्ने समस्या समाधान गर्न ब्युटिसियन निरुले उपाय सुझाएकी छिन् ।

कपाल झर्ने कारण:

– कपालमा धेरै चाया भए
– निन्द्रा नपुगे
– धेरै चिन्ता लिए
– खानपान व्यवस्थित नभए
– कपालमा गुणस्तरीय सेम्पुको प्रयोग नगरे

कपाल झर्ने समस्या समाधान गर्न घरेलु उपाय अपनाउन सकिन्छ ।

आवश्यक सामग्री
– सादा नरिवलको तेल– २०० मिली
– भिटामीन ‘ई’ क्याप्सुल– १० पिस
– अदुवाको रस– चार चम्चा
– कपुरको धुलो – एक चम्चा

सबै सामग्रीलाई नरिवलको तेलमा मिलाएर राख्ने ।

प्रयोग गर्ने विधि
कपाल सफा गरी राम्रोसँग कोर्ने । त्यसपछि अघि बनाइएको तेल मनतातो बनाएर कपासको सहायताले कपालको जरा जरामा मसाज गर्दै लगाउने । भोलिपल्ट आपूmले प्रयोग गर्ने सेम्पुले कपाल सफा गर्ने । यसरी हप्ताको तीनपटक तेल लगाउँदा कपाल झर्न रोकिने, चम्किलो र लामो हुने गर्छ । यो तेल जति प्रयोग गर्यो त्यति राम्रो हुन्छ । यसले कपालमा भएको चायाको पनि रोकथाम गर्छ ।

प्रतिक्रिया दिनुहोस