अकुत सम्पत्ति छानविनमा पूर्वआइजीपी अर्याल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अकुत सम्पत्ति छानविनमा पूर्वआइजीपी अर्याल


प्रशासन विशेष ब्युरो

१९ कार्तिक २०७४, आइतबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग बयान लिएको छ ।

अकुत सम्पत्ति जोडेको आशंकामा छानविन थालेको अख्तियारले केही महिना अघि भराएको १३ पन्ने सम्पत्ति विवरण कागजका आधारमा केही प्रमाण फेला परेपछि पूर्वप्रहरी प्रमुख अर्याललाई बोलाएको स्रोतले बताएको छ ।

त्यसैगरी आइतबार नै बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेसँग पनि बयानका लागि बोलाएकोमा सचिव ठाकुर र डीएसपी सापकोटालाइ आजै बयान लिइएको भएपनि पाण्डे भने बाहिर रहेका कारण आज बयानका लागि उपस्थित भएका थिएनन् ।

अकुत सम्पत्ति कमाएको आशंकामा दुइसय भन्दा बढी व्यक्तिलाई छानविन गरिरहेको जनाएको अक्तियारले पूर्व उच्च प्रहरी लगाएत निजामती कर्मचारीका उच्च ओहोदाका व्यक्तिबाट अनुसन्धानको शुरुवात गरेको छ ।

यो शुरुवात मात्रै हो, अब छानविनको दायरामा रहेका सबैलाई एक एक गरी बयानका लागि बोलाइने छन् स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस