१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जडीबुटीबाट तीस लाख राजश्व संकलन

अ+ अ-

जुम्ला । जिल्ला वन कार्यालय जुम्लाले जडीबुटीबाट ३० लाख राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको कात्तिक १५ गतेसम्ममा सो कार्यालयलले जडीबुटीबाट ३० लाख एक हजार ४५० राजश्व संकलन गरेको हो । बिशेषगरी यार्सागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत १६ प्रकारका जडीबुटीबाट सो रकमको राजश्व संकलन गरिएको जिल्ला वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनले भने, “ जुम्लाबाट उक्त अबधिमा ७६ केजी ६०० ग्राम यार्सागुम्बा (जीवनबुटी), ६७६ केजी गुच्ची च्याउ, सतुवा ४५०, वन लसुन दुई हजार १६०, सेतक चिनी ३० हजार ७५०, साधारण च्याउ तीन हजार ९००, धूपी पात ४० हजार केजी संकलन गरिएको छ ।” जसमा यार्सागुम्बा, सतुवा र वन लसुन संकलन भए पनि निर्यात भइसकेको उनले बताए ।

त्यसैगरी, सुगन्धवाल ९००, पदमचाल २९ हजार ५००, काला दाना ३००, चिराइतो १००, पाषणवेद ११ हजार, विषजरा ९००, सुनपाती चार हजार ५००, अमलवेद छ हजार र अतिस १५० केजी गरेर कूल एक लाख ३१ हजार ३६२ केजी जडीबुटी संकलन भएकोमा एक हजार २०२ केजी ६०० ग्राम निर्यात भइसकेको वन अधिकृत श्रेष्ठको भनाइ छ ।

संकलित जडीबुटीमा प्रतिकेजी २५ हजार राजश्व दर भएको ७६ केजी ६०० ग्राम यार्सागुम्बाबाट मात्रै १९ लाख १३ हजार र प्रतिकेजी ३०० राजश्व दर भएको गुच्ची च्याउबाट दुई लाख दुई हजार ८०० र बाँकी आठ लाख ९५ हजार ६५० अन्य जडीबुटीबाट राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

गत आव ०७३÷७४ मा वन कार्यालय जुम्लाले ५८ लाख ८८ हजार २०१ राजश्व संकलन गरेको थियो । यो वर्षबाट व्यापारीलाई भने जटामसीको इजाजत दिन प्रतिवन्ध लगाइएको कार्यालयको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस