१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको लागि महाअभियान

अ+ अ-

काठमाडौं । भोर, अभियानी तथा अनुसन्धान मुलक परोपकारी संस्थाले प्रदेश नम्बर २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको लागि महाअभियान शुरू गरेको छ ।

देश संघीयतामा प्रवेश गरिसक्दा पनि २ नम्वर प्रदेशको आथिर्क, सामाजिक र सांस्कृतिक समृद्धि हुन नसकेको भन्दै महाअभियानको आयोजना गरिएको बताइएको छ । अभियानको सुरूवात प्रदेश नम्वर २ को विकासका लागि गरिएको समाजका अध्यक्ष राज कुमार महतोले बताए । सोमवार जनकपुरधामको पगलाबाबा धर्मशालाबाट एक समारोहका बीच उक्त अभियानको सुभारम्भ गरिएको छ ।

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा समाजको सकारात्मक परिवर्तनका लागि भन्दै ६५ जनाले अभियानमा एकेवद्धता जनाएका छन् ।

महाअभियानमा समाजको सकारात्मक परिवर्तनका लागि भन्दै राम आषिश यादव, सुरेश शर्मा, शिव नाथ झा, सरोज राय, सरोज मिश्र, विजय कुमार झा, राजकिशोर रजक, प्रदिप दत्त, राम बाबु ठाकुर, सिया सदा, चन्देश्वर सदा लगायतले सहभागिता जनाएका छन् ।

त्यस्तै, जनकपुरधाममा कार्यरत पत्रकारहरु श्याम सुन्दर शशि, हदिश खुद्धार, कैलाश दास, बटुक नाथ झा, प्रमोद कुमार साह, घनश्याम मिश्र तथा विभिन्न क्षेत्रहरुमा कार्यरत संजय कुमार महतो, उमेश कुमार निराला, राज झा, राजिव मंडल, शिव नारायण झा, दिनेश्वर साह, गणेश राय, गुन्जन कुमार राय, नागेन्द्र साह, राकेश यादव, रामेश्वर महरा, सुन्दर कुमार सदा, जय राम यादव यदुवंशी, शशि कुमार सिंह, अशोक साह लयागतका व्यक्तित्वहरू पनि अभियान सहभागि हुनेछन् ।

संस्थाले पहिलो चरणमा प्रदेश नम्बर २ का ८ वटै जिल्लाका सरकारी, गैरसरकारी निकायका साथै विभिन्न सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने जनाएको छ । दोस्रो चरणमा जिल्लाका विज्ञहरूको सहयोगमा ८ वटै जिल्लाका भौतिक, आर्थिक, समाजिक तथा संस्कृतिको विषयमा वृहत्त अध्ययन अनुसन्धान गर्ने जनाएको छ ।

संस्थाका अध्यक्ष महतोले त्यसरी तयार पारिएको रिर्पोटलाई एकिकृत गरि प्रदेश नम्बर दुईको समग्र आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था सम्बन्धी वृहत्त प्रतिवेदन तयार पार्ने बताए । उनले उक्त प्रतिवेदन निर्वाचनपछि गठन हुने प्रदेश सरकार तथा संघिय सरकारलाई बुझाउने बताए ।

उक्त प्रतिवेदनमा तयार पारिएका योजना कार्यन्वयनको लागि संस्थाले पनि सघाउने अध्यक्ष महतोले बताए । प्रदेश नम्बर दुई अन्य प्रदेशभन्दा फरक सांस्कृति पहिचान बोकेको प्रदेश भएकाले विकासको निकै सम्भावना रहेको उनको दावी छ ।

प्रदेश नम्बर २ मा पर्ने भूगोल ईतिहासमै अबल्ल रहेको उल्लेख गर्दै वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलले भने, ‘राजा जनक, सहलेस, दीनाभद्री लगायतका वीर योद्धाहरुको जन्म र कर्मभूमिका रूपमा रहेको यो प्रदेशमा बिकासको निकै सम्भावना छ ।’ विश्व प्रसिद्ध दर्शनहरू मिथिला भूमिमै लेखिएको भन्दै उनले नेपालबाट मिथिला संस्कृतिलाई हटाए नेपाली संस्कृतिको पहिचान शुन्य हुने दावी गरे ।

प्रतिक्रिया दिनुहोस