१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगदसहित तीन कर्मचारी रंगेहात पक्राउ

अ+ अ-

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले धरानमा रहेको इलाका प्रशासन कार्यालयका तीनजना कर्मचारीलाई २० हजार नगदसहित आज पक्राउ गरेको छ ।

अख्तियारको टोलीले इलाका प्रकाशन कार्यालयमा कार्यरत नासु हर्कराज राई, नासु युवराज पोख्रेल र नासु मोहन सुवेदीलाई अख्तियारका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको नेतृत्वको टोलीले कार्यालयबाटै रंगेहात प्रक्राउ गरेको जानकारी दिएको छ ।

सुनसरी बराह नगरपालिकाको बराह क्षेत्रका सेवाग्राहीले शैक्षिक प्रमाणपत्र र नागरिकतामा जन्ममिति एक महिनाको फरक भएपछि मिलाउन कार्यालय जाने क्रममा सेवाग्राहीसँग २० हजार माग गरेपछि उनले अख्तियारमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा प्रहरी नायब उपरीक्षक रिजाल नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति फरक पर्दा भविष्यमा अप्ठ्यारो पर्ने भन्दै तिहारअगाडि नै नागरिकता सच्याउन गएका ती सेवाग्राहीसँग २० हजार माग गरेको र ती सेवाग्राहीले अख्तियारमा उजुरी दिएका कारण छापा मार्ने क्रममा तीनै जनालाई घूस लिएको रकमसहित पक्राउ गरिएको टोलीमा खटिनुभएका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

पक्राउ पर्ने तीनै जनालाई कानुनी कारबाही अगाडि बढाइने उनले बताए । उनीहरुलाई भोलि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पुर्याइने र प्रक्रियाअनुरुप कारबाही अगाडि बढाइने उनले थप जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस